सर्वदलीय बैठक बालुवाटारमा सुरु, एमाले अनुपस्थित
गोरखापत्र अनलाइन
पुष ४, २०७८ आइतवार
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका सबै दलहरु सहभागी हुनुभएको प्रधनमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।