दलकै सुझावमा मतपत्र हरियो
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ को स्थानीय निर्वाचनको समीक्षाका क्रममा प्राप्त सुझावकै आधारमा उम्मेदवारी दर्ताका लागि दुई दिन समय छुट्याइएको बताउनुभएको छ । उहाँले निर्वाचन समीक्षामा राजनीतिक दल, नागरिक समाज, निर्वाचनमा संलग्न अधिकारी लगायतबाट प्राप्त १४७ बुँदे सुझावका आधारमा मतपत्रको रङसमेत हरियो बनाइएको स्पष्ट पार्नुभयो ।