वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : राष्ट्रपति भण्डारी
गोरखापत्र अनलाइन
चैत्र १६, २०७८ बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहका प्रतिनिधि तथा सम्बद्ध सबै पक्षले विकाससम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । काभ्रेको नमोबुद्धु नगरपालिका–५ मा पुनःनिर्माण भएको कालीदेवी मन्दिरको उदघाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवम् सरसफाईजस्ता आधारभूत सेवा सरल र सहज रूपमा उपलब्ध...