वन्यजन्तुमैत्री नयाँ नीति
लक्ष्मीप्रसाद उपाध्याय
चैत्र ६, २०७८ आइतवार
पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्गछेउछाउमा सडक, नहर तथा जलविद्युत्जस्ता भौतिक पूर्वाधारका संरचना निर्माणक्रममा वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले यो निर्देशिका जारी गरेको हो ।