होलीमा उपत्यकाको सवारी व्यवस्थापनमा १३ सय प्रहरी खट्ने
गोरखापत्र अनलाइन
चैत्र २, २०७८ बुधबार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा यातायात मर्यादित बनाउन १३ सय प्रहरी खटाउने भएको छ ।
रङ्गको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाको तीनै जिल्लामा १३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएर ट्राफिक व्यवस्थापन कडा गर्ने तयारी गरेको हो । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरेको...