सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७८ बुधबार
सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिओतों नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ वर्ष देखिको कूटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको उल्लेख गर्नुभयो।