निर्वाचन आयोगलाई आठ अर्ब ११ करोडको सुनिश्चितता
गोरखापत्र अनलाइन
फाल्गुन १९, २०७८ बिहीबार
स्थानीय तहको निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ।
नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार आयेगका प्रवक्ता शालीग्राम शर्माले अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताउनुभएको हो।
यसैगरी, मतदाताको एकभन्दा बढी नाम भएको, मृत्यु भएको वा नागरिकता त्याग गरेको लगायतका निर्वाचनसँग सम्बन्धित मतदाता नामावलीको जाँचबुझ फागुन २० देखि...