अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा सचेत रहन प्रधानमन्त्रीको निर्देशन
रासस
फाल्गुन ११, २०७८ बुधबार
प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भू–राजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले समग्र सुरक्षा क्षेत्रमा असर पर्ने बताउनुभएको छ। यसका लागि सचेत रहन उहाँले निर्देशनसमेत दिनुभएको छ।