logo
२०८१ बैशाख १८ मंगलवार



​स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

पढ्नै पर्ने |


​स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान


गोरखापत्र अनलाइन

काठमाडौं साउन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गर्नुभएको छ ।

आज अपरान्ह १.३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर जनाए अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो ।

‘एण्टीबडीलाई शरीरबाट निश्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो’ डा. सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परिक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तीमा जनाइएको छ ।

फोटो-विकास द्वारे

पोखरेललाई थप जिम्मेवारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयद्वारा भदौ ५ गते जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको सिलसिलामा बिहीबार सिंगापुरतर्फ प्रस्थान गर्नुहुने भएकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?