logo
२०८१ बैशाख १७ सोमवार



छाप्रेमा भीषण पहिरो ! पहिरोले दुई घर पुरिए, २५ घर उच्च जोखिममा

पढ्नै पर्ने |
प्रदेश |


छाप्रेमा भीषण पहिरो ! पहिरोले दुई घर पुरिए, २५ घर उच्च जोखिममा


पुष्पराज भट्टराई,

मान्म, भदौ १० गते ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा अविरल वर्षासँगै पहिरो खस्दा सोमबार राती दुई घर पुरिएका छन् ।  वर्षाले दुर्इ घर पूर्ण रुपमा पुरिएका छन् भने २५ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

बर्षासँगै गाँउ माथिबाट आएको पहिरो गाँउमा पसेपछि स्थानीय वासिन्दाकाे  भागाभाग भएको थियाे । तिलागुफा नगरपालिकाको वडा नं. ६, ७ र ८ का तीन वटा बस्तीहरु पहिरोको जोखिममा परेका छन् ।

पहिरोका कारण छाप्रे, डाँढको बस्ती बिस्थापित भएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिनुएको छ । पहिरो अहिले पनि बगिरहेका छ । राती गाँउमा पहिरो पस्दा भागा भाग भयो प्रमुख शाहीले भन्नुभयो, गाँउमा पहिरो पसे पनि मानवीय क्षेति भने भएको छैन । डाँढ गाँउका दुई घर पहिरोले पुरेका छ । टाकुल्लाको दुई कोठे घर पुरीएको छ ।
पहिरोले कर्णाली राजमार्ग अन्गरगतको सुर्खेत जुम्ला सडकखण्ड पनि अबरुद्ध भएको छ । कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् । जुम्ला, मुगुबाट सुर्खेत तिर र सुर्खेतबाट जुम्ला मुगु तिर जाने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

पहिरोग्रस्त क्षेत्रमा उद्धारका लागि जिल्लाका तीन वटै सुरक्षा निकाय खटिएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिएसपी दिलप्रसाद भट्टको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाली सेना पहिरो स्थलमा खटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी श्यामबाबु ओलीयाले आफूहरुले पहिरोको जोखिममा परेका परिवारहको तथ्याँक संकलन, उनीहरुको बसोबासका लागि नगरपालिकासँग समन्वय गरिरहेको बताउनुभयो । पहिरो रोकिएको छैन् । छाप्रेका २५ घरहरु तत्काल बिस्थापित हुने अवस्थामा छन्, ओलीयाले भन्नुभयो, जोखिममा रहेका परिवारको घरमा रहेको सामानहरु सुरक्षित ठाँउ तिर लिने कार्य भईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?