logo
२०८१ बैशाख १७ सोमवार



ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट - मन्त्री भट्टराई

पढ्नै पर्ने |


ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट - मन्त्री भट्टराई


शालिग्राम नेपाल,

चितवन, भदौ १२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भरतपुर विमान स्थलको स्तरवृद्धि सँगै रात्रीकालिन उडानको तयारी रहेको बताउनु भएकोछ । आज बिहान भरतपुर विमान स्थलमा सरोकारवालासँगको छलफलमा विमान स्थलको धावन मार्ग विस्तार सँगै रात्रीकालिन उडान गर्ने गरी तयारी अगाडि बढेको जानकारी उहाँले दिनुभयो ।

नेपालभरीका विमान स्थलको स्तर बृद्धि गर्ने तयारी भएको भन्दै उहाँले काठमाडाँै उपात्यका नजिकै रहेको यो विमान स्थलको बिस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने जानकारी दिनुभयो ।
विमान स्थलको उत्तर तर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिएपनि त्यसलाई केही दिन भित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि बढेको बताउनुभयो । उहाँले भन्नु भयो – अबको १० दिन भित्रमा नेपाली सेनाको प्रमुख, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवालाबिच संयुक्त बैठक बसेर यो समस्या समाधान हुन्छ ।

मन्त्री भट्टराईले नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमान स्थलको धावन मार्ग विस्तारको काम हुने बताउनुभयो । भरतपुर विमान स्थलको अवस्थाको बारेमा विमान स्थलका प्रमुख पवनकुमार गौतमले पर्यटन मन्त्रीलाई जानकारी गराउनु भएको थियो । साथै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विमान स्थल जोखिम भएको भन्दै यसको धावन मार्ग विस्तारको विकल्प नरहेको बताउनुभयो ।

साथै पत्रकारहरुसँगको कुराकानीमा मन्त्री भट्टराईले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट कार्यान्वयन हुने जानकारी दिनुभयो । केही हवाइ कम्पनीले यसमा आलोचना गरेको भएपनि देशको नियम कानुन कम्पनीले पालना गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?