logo
२०८१ बैशाख १७ सोमवार



जंगलमा दुई दर्जन गाई मृत फेला, मारेको आशंका !

पढ्नै पर्ने |


जंगलमा दुई दर्जन गाई मृत फेला, मारेको आशंका !
वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रमा मृत अवस्थामा फेला परेका गाईहरु


ललित बसेल,

सुर्खेत, भदौ १३ गते । सुर्खेत वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रभित्र दुई दर्जन मृत गाईहरुको थुप्रो फेला परेको छ । वीरेन्द्रनगर नगरपािलका वडा नं. ४, ७ र १४ को सीमा क्षेत्रमा पर्ने कटकुवामा ती मृत गाईहरु फेला परेका हुन् ।

विहीबार राती अज्ञात समूहले अन्यत्रबाट ट्रक तथा टिप्परमा ल्याएर सो क्षेत्रमा गाईहरु भीरबाट खसालेको स्थानीयले बताएका छन् । सो क्षेत्रमा दर्जनौं गाईहरु बेवारिसेसमेत छोडेको स्थानीयहरु बजनाउँछन् । कानमा बिमा कम्पनीको ट्याग लगाइएका ती गाई कसले किन त्यहाँ ल्याएर फाल्यो भन्ने यकीन भइसकेको छैन । स्थानीय बासिन्दाका अनुसार विहीबार राती गाईहरु ल्याएर भीरबाट खसालिएको हो । दर्जनौं गाई मरेका छन् भने केही अर्ध मृत अवस्थामा छन् । भीरबाट खसाउँदा २२ वटा गाई मरेका छन् भने केही घाइते छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले पशु चिकित्सकसहितको टोली घटनास्थल पठाइएको जानकारी दिनुभयो । उहाँले ती गाईहरु नेपालगन्जतिरबाट ल्याइएको भन्ने सुनिएकोले घटनास्थल गएको टोलीले घटना बुझेपनि सवै कुरा पत्ता लाग्ने जनाउनुभयो । घटनाको विवरण अझै आउन सकेको छैन ।

दुई दर्जन मृत गाई फेला परेको क्षेत्र संरक्षित जलाधार क्षेत्र हो । खानेपानीको मुहान क्षेत्र पनि भएकोले दुई दर्जन मृत गाईका कारण पानी प्रदुषण हुने जोखिम बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?