logo
२०८१ बैशाख २१ शुक्रवार



तराइमा, सुख समृद्धिको कामना गर्दै तीज र चौठचन्द्रपर्व एकसाथ मनाइदै

पढ्नै पर्ने |


तराइमा, सुख समृद्धिको कामना गर्दै तीज र चौठचन्द्रपर्व एकसाथ मनाइदै


कृष्ण तिवारी,

रौतहट, भदौ १६ गते । हिन्दु धर्मालम्वी महिलाहरुले पतिको दीर्घायुको कामना गर्दै तीज मनाउँदैछन् भने तराइवासी सन्तान एवम् पारिवारिक सुख समृद्धिको कामना गर्दै चौठचन्द्र पर्व मनाइरहेका छन् ।

सन्तान तथा पारिवारिक सुख समृद्धिको कामना गर्दै चौठचन्द्र पर्व साँझ व्रतालुहरूले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर मनाउने गर्दछन् ।

भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहि आएको छ । यस पर्वमा चामल र गहुँको पीठोका विभिन्न पकवान बनाउनुका साथै पिरुकिया, पुरी, खाजा, फलफूल, खिर, र दहीसहितका पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ ।

माटोको भाडोमा राखेर तयार पारिएको दही यो पर्वको लागि उपयुक्त मानिन्छ । चौठीचाँद बाबाको प्रतिकको रुपमा चन्द्रमालाई अर्घ दिनका लागि व्रतालुहरुले पुरी तथा खीर बनाउनका लागि प्रयोग गरिने चामल निक्कै निष्ठापूर्वक राख्ने गर्दछन् ।

भाद्र शुक्ल चौठीको साँझ मनाइने यस पर्वमा गणेश पूजनोत्सवको आयोजना गर्ने गरिन्छ । दही, खिर, पुरी, मिठाइ फलफूललगायतका नैवैद्यसहित साँझ चन्द्रमालाई अघ्र्य दिएर पूजा गर्ने गरिन्छ । दिनभर उपवास बसेकाहरूले साँझ अघ्र्य दिएपछि सम्पूर्ण परिवारजनले प्रसाद ग्रहण गर्दा प्रसन्नता, कल्याण एवं धनधान्यको प्राप्ति हुने जनविश्वास रहेको छ ।

चौठचन्द्र पर्वमा अघ्र्य दिइएको पूजा सामग्री आफन्त इष्टमित्रलाई बोलाएर प्रसादको रुपमा खुवाउने गरिन्छ भने नहुनेहरुलाई प्रसाद वितरण गर्ने चलन तराई मा रहेको छ । त्यसैले चौठचन्द्र पर्वलाई प्रेम एवं सद्भावको प्रतिकको रूपमा पनि लिइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?