logo
२०८१ बैशाख २३ आईतवार



सुन्द्रावती खोलाले गाडी बगाउँदा एकको मुत्यु, दुई घाईते

पढ्नै पर्ने |


सुन्द्रावती खोलाले गाडी बगाउँदा एकको मुत्यु, दुई घाईते


कैलाश लामा,

चरिकोट, दोलखा, भदौ २० गते । दोलखाको भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकाको सिमाना भएर बग्ने सुन्द्रवाती खोलाले गाडी बगाउदा एक जनाले ज्यान जानुका साथै दुई जना घाईते भएका छन् ।

दोलाखा–सिंगटी सडक खण्ड अन्तर्गत भीमेश्वर नगरपालिका –१ र कालिञ्चोक गाउँपालिका –९ को सिमाना त्रिवेणी घाट, मुजवा स्थित कजवेबाट बा १९ च ४३९० नम्बरको निजी गाडी बगाउदाँ तामाकोसी गाउँपालिका–३ का अन्दाजी २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ ।

खोलाले बगाइ घाइते हुनेहरुमा तामाकोसी–३ का ३१ वर्षीय बिकज पोखरेल र लिखु गाउँपालिका –२ रामेछापका २९ वर्षीय पवन पौड्यल रहेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिनुभयो ।

कालिञ्चोक गाउँपालिका स्थित गुमुखोलाको क्रसरको काम हेरेर घर फर्केका तीन जना सवार गाडी बिहिबार राती करिब साढे १० वजेको समयमा कजवे तर्ने क्रममा खोलाले बगाएको थियो ।

गाडी सडकबाट करिब ७ मिटर तल खसेको छ । घाईतेहरुलाई रातीनै स्थानीयको पहलमा उद्धार गरि चरिकोट स्थित च्छोरोल्पा अस्पताल पठाइएको थियो । गाडीले च्यापिएको अवस्थामा भेटिएको मृतकको शव शुक्रबार विहान निकालेर परिक्षणका लागि प्रस्तावित चरिकोट अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

वर्षाको समयमा निकै ठुलो हुने यो ठाडो खोलाले करिब चार वर्ष अघि पनि गाई लिएर कवजे तर्दै गरेका स्थानीय जगत बहदुर थामीलाई गाई सहित बगाउँदा मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?