logo
२०८१ मंसिर ८ शनिवार



आलम विरुद्ध जन्मकैदको माग गर्दै मुद्दा दर्ता

पढ्नै पर्ने |


आलम विरुद्ध जन्मकैदको माग गर्दै मुद्दा दर्ता


कुमार विवेकानन्द मिश्र

रौतहट, कात्तिक १८ गते ।  २०६४ साल फागुन २७ गते चुनाव प्रसारको क्रममा रौतहटमा भएको बम विष्फोटमा घाइते भएकाहरूलाई जिउँदै इटा भट्टामा जलाएको अभियोगमा आफताब आलम लगायत ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालय रौतहटले उहाँहरू विरुद्ध जन्म कैद समेतका माग गरी तीनवाट छुट्टाछुटै मुद्दा दर्ता गराएको हो । कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ नियन्त्रण ऐन अन्तगर्त जिल्ला अदालत रौतहटमा निजहरू विरुद्ध मुद्दा दार्ता भएको हो । सो मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयका रौतहटका तर्फबाट खडिन्द्र कटवालले दर्ता गराउनु भएको थियो ।

प्रहरी हिरासतमा रहेका अफताब आलमलाई आजै जिल्ला अदालत उपस्थित गराइए पनि उहाँसँग बयान भने भोलिबाट शुरु हुने बताइएको छ ।
११ जना प्रतिवादी मध्ये १० जना फरार रहेका छन् ।

मुद्दामा ३९ पृष्ठ अभियोग पत्रसहित करीब ८०० पृष्ठको मिसिल रहेकाे छ । सातै अभियाेग पत्रमा कर्तव्य ज्यानतर्फ जन्म कैद, ज्यान मार्ने उध्योगतर्फ १० वर्ष र बिस्फोटक पदार्थमा  दुर्इ वर्ष कैदको माग दावी गरिएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?