दीपक ज्ञवाली
बुटवल,कार्तिक १८ गते । गृहमन्त्री रामबहादुर थापा बादलले प्रदेश प्रहरी छिट्टै गठन हुने बताउनुभएको छ ।
गृह मन्त्रालय र प्रदेश नम्बर ५ सरकारको आन्तरिक मामीला तथा कानुन मन्त्रालयको आयोजनामा बुटवलमा जारी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मंगलबार बोल्दै गृहमन्त्री थापाले प्रदेश प्रहरी सम्वन्धि कानुनी प्रकृया सकिएको र गठनको आबश्यक तयारी भैरहेको जानकारी गराउनुभयो । उहांले नयां बनेका कानुनलाई ठोस रुपमा लागु गराउन सरकारले प्राथमिकता दिएको पनि बताउनुभयो ।
गृहमन्त्री थापाले समृद्द र सुखि नेपाली बनाउने लक्ष्यमा सरकारले सफलता हासील गर्दै गएको उल्लेख गर्दै त्यस्तो लक्ष्य हासील गर्नका लागि सुरक्षा ब्यबस्था पनि सुदृढ हुंदै गएको बताउनुभयो ।
कार्यक्रममा गृह सचिव प्रेम कुमार राई, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका अन्तरिक मामीला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रहरी महासनरिक्षक सर्बेन्द्र खनाल लगायत सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेको छ ।
जारी कार्यक्रममा मंगलबार राष्ट्रिय परिचयपत्र तथा पंजिकरणका बिषयमा बिभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रशासन तथा ब्यवस्थापनका बिषयमा माहाशाखा प्रमुख राम प्रसाद आचार्य, द्धन्द ब्यवस्थापनका बिषयमा महाशाखा प्रमुख इन्दु घिमीरेले बिशेष चर्चा गर्नुभयो ।
बुधवार ५ नंम्बर प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्थाका बारेमा प्रतिबेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।