logo
२०८१ मंसिर ८ शनिवार



पाँच वर्ष भयाे पुल अधुरै, डुङ्गाले लिन्छ महङ्गो भाडा

पढ्नै पर्ने |


पाँच वर्ष भयाे पुल अधुरै, डुङ्गाले लिन्छ महङ्गो  भाडा


जनार्जन खत्री

सर्लाही, कात्तिक १९ गते । बागमती नदीको पुल निर्माण कार्य पूरा नहुँदा सर्लाही र रौतहटको दक्षिणी भेगका नागरिकले सास्ती पाएका छन् ।

स्थानीय वासिन्दा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । सर्लाहीको रामनगर गाउँपालिकास्थित खैर्बा गाउँ र रौतहटको दुर्गा भगवती गाउँपालिका जोड्ने गरी निर्माणाधीन पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।

पुल निर्माण कार्य पूरा नहुँदा नदी वारिपारि गर्न समस्या भइरहेको खैर्बा टोलका सुशील झाले गुनासो गर्नुभयो । स्थानीय वासिन्दा त्यस भेगमा सञ्चालित तीन/चार वटा डुङ्गामा काेचामकोच गरी नदी तर्दै आएका छन् ।

डुङ्गामा राखेर नदी पार गराए बापत प्रति साईकल ५० रुपियाँ र प्रति मोटरसाइकल दुई सय रुपियाँ लिने गरिएको छ । मान्छे भने जसोतसो पानीमै हेलिएर नदी वारपार गर्दै आएका धनकौल गाउँपालिकाका राजेश कुशवाहले बताउनुभयो । नदीमा पानीको बहाव बढेको समयमा डुङ्गा सञ्चालनमा समस्या हुने गरेको स्थानीय वाषिन्दाले बताएका छन् ।

रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले बागमती नदीको पुल अलपत्र छाडिँदा नागरिकले सास्ती पाएका बताउनुभयो । खैर्बा घाटमा जस्तै सर्लाहीको बरहथवा नगरपालिका र रौतहटको गढीमाई नगरपालिका जोड्ने समनपुर घाटको पुल निर्माण कार्य पनि लामो समयदेखि रोकिएको छ । निर्माण अधुरै छाडिँदा पटक–पटक आएको बाढीले यी दुवै पुलका संरचनामा क्षति पु¥याउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?