logo
२०८१ मंसिर ९ आईतवार



रानीपोखरीले मुहार फेर्दै (फोटो फिचर)

पढ्नै पर्ने |


रानीपोखरीले मुहार फेर्दै (फोटो फिचर)
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन

काठमाडौं, मंङसिर ९ गते । २०७२ सालको भूकम्पले भत्काएको रानीपोखरीको निर्माणको अन्तिम चरणमा पुगेको छ । चार बर्षसम्म निर्माण हुन नसकेकोे रानीपोखरी निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । रानीपोखरीमा रहेको महत्वपूर्ण रानीपोखरीको तल्लो भागमा पानी चुहिन नदिन कालिमाटी लगायतको मिश्रण हाल्ने काम भैरहेको छ ।

कालिमाटी हालेपछि त्यो भन्दा माथिल्लो तहमा बालुवा हाल्ने काम भैरहेको छ । रानीपोखरीको बीचमा रहेको यमलेश्वर (बालगोपालेश्वर)मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भूकम्पमा परेर मन्दिरको गजुर सहितको संरचनामा क्षति पुगेपछि निर्माणको कार्य थालनी भएको थियो । पोखरीको डिलमा गारो लगाउने काम भैरहेको छ ।

तस्बिर: सुजन गुरूङ्ग

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?