logo
२०८१ मंसिर ७ शुक्रवार



मंगलवारकाे दिन प्रधानमन्त्रीले सागको प्रवर्द्धन गर्न खर्च गर्ने

पढ्नै पर्ने |
खेलकुद |


मंगलवारकाे दिन प्रधानमन्त्रीले सागको प्रवर्द्धन गर्न खर्च गर्ने


इश्वरचन्द्र झा
काठमाडौं, मङ्सिर ९ गते । प्रधानमन्त्री के पी शर्मा ओलीले मङ्गलबार दिनभरि खेलकुद गतिविधिमा बिताउनु हुने भएको छ । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) प्रवद्र्धनका लागि मङ्गलबार प्रधानमन्त्रीको विभिन्न कार्यक्रम तय भएको राखेपले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खेलकुद प्रवद्र्धन र सागमा नेपाली खेलाडीको प्रोत्साहनका लागि प्रधानमन्त्रीले मङ्गलबार विभिन्न कार्यक्रममा सहभागी हुने तय भएको बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले बिहान साग प्रवद्र्धनका लागि प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सागमा सहभागी हुने नेपाली खेलाडीको प्रोत्साहनका लागि सम्बोधन गर्नुहुनेछ । सोही अवसरमा सरकारले बङ्गलादेशमा एभीसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जितेको नेपाली महिला भलिबल टोलीलाई सम्मान गर्नेछ । उक्त अवसरमा सागमा सहभागी हुने खेलाडीको पनि उपस्थिति रहनेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मङ्गलबार प्रज्ञा भवनमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने बताउनुभयो । उहाँले दिनभरिको लागि प्रधानमन्त्रीको तीन कार्यक्रम तय भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको कार्यक्रमहरुबारे जानकारी दिदै उहाँले भन्नुभयो, “११ बजे खेलाडी र प्रशिक्षक सम्मिलित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ, त्यस लगत्तै अपरान्ह रङ्गशालाको नीरिक्षण तथा साँझ सागको निर्देशक समितिको बैठकमा सहभागी हुनुहुनेछ ।”
साग सुरु हुन एक साता मात्रै बाँकी रहँदा राजधानी काठमाडौंमै पनि चहलपहल बढेको छैन् । यद्दपी विदेशी खेलाडी भने काठमाडौं आउन सुरु भइसकेको छ । मल्दिभ्स र बङ्गलादेशका खेलाडी तथा प्रशिक्षक निश्चित ‘इभेन्ट’को पूर्व तयारी र अभ्यासका लागि यसै साता काठमाडौं आइसकेको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा बिहान सम्बोधन र सम्मान कार्यक्रमपछि प्रधानमन्त्री ओलीले सागको तयारी बारे जानकारी लिनुहुने राखेपका सदस्य सचिव सिलवालले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले त्यस लगत्तै पूर्वाधार निर्माण, खेलाडीको तयारीबारे स्थलगत् अनुगमन गर्नुहुनेछ ।
तेह्रौं दक्षिण एसियाली खेलकुद मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा, ललितपुर र जनकपुरधाम हुँदैछ । साग खेलका लागि पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । दशरथ रङ्गशालाको पुननिर्माणको कार्य सम्पन्न हुँदैछ । रङ्गशालामा ‘भीआईपी’ प्याराफिट लगाउने कार्य मात्रै बाँकी छ । रङ्गरोङ्गन तथा खेलाडीको प्रवेश र बाहिरिने ढोका पुननिर्माणको कार्य हुँदैछ । खेलाडी आगमनको लागि दशरथ रङ्गशालाको भित्रैबाट उत्तर तर्फ बाटो निर्माणको कार्य समेत अन्तिम चरणमा पुगेको छ ।
सदस्य सचिव सिलवालले प्रधानमन्त्रीको चासो र प्रोत्साहनको कार्यक्रमले सागमा सहभागी हुने खेलाडीको आत्मविश्वास बढ्नुका साथै वातावरण निर्माणमा महत्वपूर्ण हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?