logo
२०८१ मंसिर ९ आईतवार



माेदीद्वारा प्रम ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

पढ्नै पर्ने |
राष्ट्रिय |


माेदीद्वारा प्रम ओलीको शीघ्र स्वास्थ्य लाभको कामना



गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
मोदीले पत्र मार्फत सो कामना गर्नुभएको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।
उहाँले प्रम ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गर्नु भएको छ । उहाँले पत्रमा भारतीय जनता र आफ्नो तर्फबाट थप उपचार सेवा र सल्लाहका लागि सहयोग गर्ने तत्परता व्यक्त गर्नु भएको छ ।सन्देशमा मोदीले प्रधानमन्त्रीको नेतृत्व र उहाँको महत्वपूर्ण साझेदारीबाट दुबै देशका जनता अत्याधिक लाभान्वित भएको स्मरण गर्नुभएको छ ।
साथै उहाँले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रधानमन्त्री ओलीसँग भविष्यमा पनि निरन्तर काम गर्न आफू प्रतीक्षारत रहेको बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?