logo
२०८१ मंसिर ९ आईतवार



बागलुङमा बाम गठबन्धनका शाही विजयी

पढ्नै पर्ने |


बागलुङमा बाम गठबन्धनका शाही विजयी


प्रदीप पन्त 
बागलुङ,मङसिर १६ । बागलुङको प्रदेश २ को प्रदेश (ख) मा भएको उपनिर्वाचनमा बामगठबन्धका खिमबिक्रम शाही विजयी हुनुभएको छ । शाहीले ११ हजार २३५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका जीत शेरचनले ९ हजार १३८ मत प्राप्त गर्नुभयो ।
शाहीले शेरचनले भन्दा २ हजार ९७ मत बढि ल्याउनुभएको छ । शाही राष्ट्रिय जनमोर्चा हुनुहुन्छ । उहालाई नेकपाले साथ दिएको थियो । ३५ हजार १८४ मतदाता रहेकोमा २१ हजार ३९६ जनाले मतदान गरेको थिए । ४२५ मत भने बदर भएको जिल्ला निर्वाचन अधिकारी विकास चन्द्र पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरि समाजवादीका अशोककुमार बिश्वकर्मा ३ सय १६, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३६, राप्रपाका गणेशबहादुर कुँबरले ३७, संघीय लोकतान्त्रिक राष्ट्रिय मंञ्चमन अनिलकुमार राईले८, राष्ट्रिय जनमुक्तिका यामबहादुर आलेले २३,मंगोल नेशलन अर्गनाईजेशनका मित्रबहादुर मगरले ४५,र स्वतन्त्रबाट उमेदवारी दिनुभएका सन्तोष भण्डारी २८ र स्वतन्त्र शेरमान घर्तीले ९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उमेदवार घर्ती भने उमेदवारी दर्ता फिर्ता नलिएपनि बामगठबन्धका उमेदवारलाई समर्थ जनाउनुभएको थियो ।
२०७४ सालमा भएको निर्वाचनमा बामपंन्थी गठबन्धनको तर्फबाट राजमोबाट बिजयी भएका प्रदेश सांसद टेकबहादुर घर्तीको मृत्यु भए पछि रिक्त रहेको स्थानमा उपनिर्वाचन भएको थियो । मंङसिर १४ गते भएको मतदानमा ६१ प्रतिशत मत खसेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?