योगेश काफ्ले
गोरखापत्र अनलाइन
धरान,मंङ्सिर १६ गते । धरान उपमहानगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसका तिलक राई विजयी हुनु भएको छ । उहाँलाई औपचारिक रुपमा विजयी घोषणा गर्न मात्रै बाँकी रहेको छ । नेपाल कम्युनिष्ट पार्टिका उम्मेदबार प्रकाश राईभन्दा २ हजार ७ सय ९५ मत बढी ल्याएर कांग्रेसका तिलक राई विजयी हुनु भएको हो । उहाँले २६ हजार ७ सय ९ मत प्राप्त गर्नुभयो भने नेकपाका उम्मेदबार प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरेर विजयी बन्नु भएको हो ।
नेपाली कांग्रेसले २८ बर्षपछि धरानमा जित हात पारेको हो ।