जनकपुरधाम, मङ्सिर १९ गते ।
तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्तको कुस्ती विधाका खेलहरु सुरु हुँदैछ । जनकपुरधाममा आजबाट चार दिनसम्म कुस्तीका खेलहरु हुनेछन् ।
जनकपुरधामस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा कुस्तीका खेलहरु हुनेछन् ।
कुस्तीमा स्पर्धा गर्न सहभागी राष्ट्रका खेलाडीहरु जनकपुरधाम पुगिसकेका छन् ।
पहिलोपटक अन्तर्राष्ट्रिय खेलकुद जनकपुरधाममा हुन लागेको अवसर पारेर खेलाडी, रेफ्री तथा अधिकारीहरुको मिथिलाको पारम्परिक गीत, संगितबाट स्वागत गरिएको छ ।