logo
२०८१ मंसिर ९ आईतवार

 लोकमार्ग छेकेर व्यवसाय 



सफल भएनन् अतिक्रमण हटाउने प्रयास

पढ्नै पर्ने |


सफल भएनन् अतिक्रमण हटाउने प्रयास


जिवछ यादव

लहान, पुस ७ गते । लहान नगरपालिकाले लोकमार्ग क्षेत्रमा गरिएको सडक अतिक्रमण खाली गराइ छाड्ने बताएको छ । विगत एक वर्षदेखि सडकको दुबै किनारमा अतिक्रमण गरी फुटपाथका पसल र केहि पक्की भवन समेत निर्माण गरिएका सबै संरचना खाली गराउन गृहकार्यमा लहान नगरपालिका जुटेको छ । यस अघि सडक अतिक्रमण हटाउन विभिन्न प्रयास भएपनि ती प्रयासहरू सफल भएका थिएनन् । विगतमा असफल हुनुको कारण खोजी गरी लहान नगरपालिकाले यसपटक भने सबैसँगकाे सहकार्यमा अतिक्रमित सडक खाली गर्ने योजना ल्याएको हो । 

लहान नगरप्रमुख मुनि साहका अनुसार लहानको मुख्य चोकको दुबैतिर ३१ मिटर खाली गराउन पटक पटक गरेको सार्वजनिक सूचनाहरुलाई वेवास्ता गरी फुटपाथका पसलहरु हटाउन अवरोध खडा भइरहेको थियो । उच्च अदालत जनकपुर इजलास राजविराजले सडक फराकिलो गर्न दिएको फैसलाले बाटो खुलेको छ । यस पटक सडक खाली गराउन नगरपालिकाले अन्तिम पटक सूचना गरिएको छ ।

स्थानीय व्यापारी मनिलाल साह भन्नुहुन्छ–लहान नगरपालिकालाई स्थानीयहरुले साथ दिएर यस कार्यलाई सफल बनाउनुको विकल्प छैन । चोकको सुन्दरता नै ह्रास भएको छ । सडकमा फलफूलको पसल, ठेला र विभिन्न निर्माण कार्यहरु भइरहँदा लहानको प्रतिष्ठामा नै आँच आउन थालेको छ । यसपटक दृढ ईच्छा शक्तिका साथ सडक खाली गर्न अघि वढ्नुपर्छ । 

लहान नगरपालिकाले १५ गते पुससम्ममा लहान, १,३,४,५,६,७,८,९ र १० नम्वर वडामा कुनै पनि फोहोर नगर्न फुटपाथमा थुपार्न फाल्न नपाइने, सार्वजनिक ऐलानी पर्ति र सडक अतिक्रमण गरी निर्माण गरेका घर, टहरा,पर्खालर छाप्रो संरचनाहरु हटाउन पर्चा वितरण गरी खाली गराउन सार्वजनिक सूचना टाँस गरिसकेको छ ।

लहान १३ का स्थानीय तथा नेकपाका केन्द्रीय सदस्य गंगा प्रसाद यादवले भन्नुभयो, अब हेर र पर्खको समय लहान नगरपालिकाको लागि समाप्त हुँदैछ । फोहरमा फोहरी राजनीतिक कसैले नगरी सबै दलहरुले समेत सडक खाली गराउन सहयोग गर्न पछि पर्नु हुँदैन ।

लहान १ मुख्य चोकमा रहेको तरकारी बजारका स्थानीय समृद्धिपथका अध्यक्ष शंकरप्रसाद गुप्ताले लहान नगरपालिकाले जारी गरेको सूचनालाई सबैले पालना गरी सडक फराकिलो गराउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँको अनुसार खुला पशु चौपाया र सडक अतिक्रमणले विहान बेलुका आवतजावतमा ठूलो समस्या हुने गरेको छ । तरकारी बजारमा तरकारी खरीद गरेर मोटरसाइकलमा तरकारी झुण्डयाएर कुनै पसलमा कुनै सामान खरिद गर्न जाँदा तरकारी पशुहरुले खाइदिने समस्याले दैनिक दर्जनौ उपभोक्ताहरु सास्ती खेप्नु परिरहेको छ ।

यता सिरहा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सिरहा जिल्लाको लोकमार्गमा रहेको गोलबजार, मिर्चैया, धनगडीमाई, लहान नगरपालिकामा अतिक्रमण गरिएका सडकहरु खाली गराउन सार्वजनिक सूचना गरी स्थानीय नगरपालिकाहरुलाई प्रहरी प्रशासनले पूर्ण रुपले सघाई यस पटक खाली गराई छाड्ने विश्वास दिलाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?