नरेन्द्र ढकाल
गोरखा,पुस ७ गते । गोरखा दरबार पुननिर्माणको म्याद थप भएको छ । दुई वर्ष समयसिमा भित्र एक तल्ला पनि निर्माण नभएपछि पुरातत्व विभागले छ महिना म्याद थप गरेको हो । ‘सार्वजानिक खरिद नियावलीको आठौं संशोधन अनुसार विभागले कुल समयको २५ प्रतिशत म्याद मात्र थप गर्न पाउँछ’ पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले भन्नुभयो ‘सोही अनुरुप २०७० जेठसम्म म्याद थप भएको छ ।’
२०७४ कार्तिकमा पचली शिवाको जेभीले पुरातत्व विभागसँग चार करोड ३२ लाखमा दरबार पुर्ननिमारणको ठेक्का सम्झौता गरेको थियो । २०७६ मंसिर मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म एक तिहाइ काम पनि भएको छैन् । सरोकारवालाको गैरजिम्मेवारी पनका कारण सम्झौता भएको २ वर्ष बितिसक्दा समेत उल्लेख्य काम नहुन नसकेको हो । ठेकेदारको कार्यशैली प्रति विभाग पनि सन्तुष्ट छैन् । ‘अहिलेको जस्तै अबस्था रहने हो भने तीन वर्ष म्याद दिए पनि उहाँले काम गर्न सक्नु हुन्न’ भण्डारीले भन्नुभयो ।
‘भर्खरै भक्तपूरबाट कामदारको राम्रो टिम लिएर जानुभएको छ । यही टिमलाई काम गर्न दिने हो भने अबको छ महिनामा दरबार बनिसक्छ ।’ ठेकेदारले म्याद थपका लागि आवश्यक बैंक ग्यारेन्टी र ६ महिनामा काम सम्पन्न गर्ने लिखित प्रतिवद्धता गरेपछि मात्र पुरातत्वले म्याद थप गरेको हो । हालसम्म पहिलो तल्लाको झ्याल ढोका राखी गारो लगाउने काम भएको छ । म्याद सकिएपछि केही दिन यता उक्त काम पनि ठप्प भएको थियो । ‘अस्ती मन्त्री ज्यूको निरीक्षणका क्रममा ठेकेदार आफै उपस्थित हुनुहुन्थ्यो’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले भन्नुभयो ‘हामीले पनि म्याद थप भएको भन्ने मौखिक जानकारी पाएका छौं । कार्यलयमा पत्र आएको छैन् । त्यस यता ८÷१० ले काम सुरु गरेका छन् ।’
नेपालकै उद्गम स्थल एवं ऐतिहासिक गोरखा दरबार पुर्ननिर्माणकामा ढिलाई भएको प्रति सर्वत्र चिन्ता व्यक्त भएको छ । देशका उच्च पदस्थ व्यक्तिहरुले स्थलगत अनुगमन गर्दै काम छिटो गर्नुपर्ने बताउँदै आएका छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, डा बाबुराम भट्टराई, संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री योगेशकुमार भट्टराई, पूर्व सभामुख कृष्णबहादुर महरा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्व मन्त्रीहरु, सांसदहरुले पटक पटक गोरखा दरबार पुर्ननिर्माणको अबस्था बारे स्थलगत जानकारी लिइसक्नु भएको छ । केही दिन अघि गोरखा आएका पर्यटन मन्त्री भट्टराईले सार्वजानिक रुपमै दरबार पुर्ननिर्माणको काम ६ महिना भित्र सक्ने बताउनुभएको थियो ।
काठमाण्डौ फर्कने बित्तिकै मन्त्रालय र पुरातत्व विभागका कर्मचारी र ठेकेदारलाई निर्देशन दिने समेत प्रतिवद्धता जनाउनु भएको थियो । शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ । दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् । नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि २०७४ पुसबाट भत्काएर जगैबाट पुनर्निमाण सुरु गरिएको हो । नेपाल भम्रण वर्ष २०२० नजिकिदै गर्दा नेपालको सबै भन्दा ऐतिहासिक गोरखा दरबार पुर्ननिर्माण सम्पन्न नहुने खल्लो महशुस भएको छ । गोरखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक निराश बनेर फर्किने गरेका छन् ।