केशवराज पौडेल
काठमाडौं,पुस ६ गते । काठमाडौंको बाँसबारीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, टोलीले काठमाडाैंका विभिन्न स्थानबाट ९० भन्दा बढी चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाँसबारीमा रहेका तीनओटा घरहररू तथा मनमैजुका केही घरमा आकस्मिक रुपमा छापा मार्दा चिनियाँ नागरिक तथा उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको थियाे ।
प्रहरीले अहिले राजधानीका अन्य क्षेत्रमा पनि छापा मारिरहेकाे र बेलुकासम्म साे संख्या बढ्ने अनुमान गरिएकाे छ ।
प्रहरीको संयुक्त टोलीले आज दिउँसो विशेष सूचनाको आधारमा छापा मारेको थियो । ती घरहरुमा शंकास्पद विदेशी नागरिकहरु भएको सूचनाको आधारमा प्रहरीले छापा मारेको एसएसपी सहकुल थापाले बताउनुभयो । प्रहरीले वित्तीय अपराधमा सलग्न रहेको हुन सक्ने आशंका गरेको छ ।
एसएसपी थापाले बैंक ह्याकिङमा संम्लग्नहरुलाई गत भदौमा नियन्त्रणमा लिएको उच्च अदालत पाटनले थुनामा पठाएको समयमा सोही गिरोहसँगको संम्लग्नता हुन सक्ने भएकाले अनुशन्धान थालिएको बताउनुभयो । प्रहरीले अनुशन्धान पश्चात उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।