logo
२०८१ मंसिर ९ आईतवार

 १० बर्ष देखि रोकिएको नयाँ सहर आयोजना सुरु 



पुष्पलाल लोकमार्ग जोडिएको राकमकर्णालीमा नयाँ सहर बन्दै

पढ्नै पर्ने |


पुष्पलाल लोकमार्ग जोडिएको राकमकर्णालीमा नयाँ सहर बन्दै


कमल शर्मा

दैलेख,पुस ९ गते । सरकारद्धारा घोषणा गरिएका १० वटा सहरमध्ये दैलेखको पश्चिममा पर्ने आठविस नगरपालिमा पर्ने रामक कर्णाली नयाँ सहर आयोजनाले घोषणा भएको १० बर्ष पछि बल्ल निर्माण कार्य सुरु भएको छ । तत्कालिन सरकारले मध्यपहाडी पुष्पलाल लोकमार्गसँग जोडिएका १० वटा बजारहरुलाई नयाँ सहर निर्माण गर्ने घोषणा गरे अनुसार नयाँ सहर आयोजना विवादका कारण रोकिएको थियो ।

सरकारले घोषणा गरेका १० वटा मध्ये केही सहरले निर्माणको तिब्रता पाएपनि दैलेखको राकमकर्णालीमा निर्माण हुन लागेको नयाँ सहर आयोजनाले भने विभिन्न चरणका काम सुरु गरेपनि विवाद समधान हुन नसक्दा रोकिएको आयोजना विवाद समधान सगै निर्माण कार्य सुरु भएको छ ।

मुआब्वा विवादले आठबर्षसम्म नयाँ सरहका नाममा कुनै पनि काम भएन । विगत दुई बर्षदेखि ल्याण्डपोलिंग विधिमार्फत् काम अगाडी बढाएपछि भने नयाँ सहर आयोजनाले निर्माणको गति लिने भएको छ । आर्थिक बर्ष ०६७/०६७ देखी सुरु गरिएको नयाँ सहर आयोजनाको यो आर्थिक बर्षमा त्यहाको वस्तुस्थिती समावेश गरेर राजपत्रमा सूचना प्रकाशन भैसकेपछि नयाँ सहर आयोजना निर्माणको कामले पूर्णता पाउने विश्वास लिएको नयाँ सहर आयोजना राकमकर्णालीका प्रमुख सुनिल रसाईलीले बताउनुभयो । उहाँले अब आयोजनाले लिने जग्गाको प्लानिङ सुरु हुने र सडक निर्माण र मनोरञ्जनपार्क विद्युत सेवा,स्वास्थ्य जस्ता पुर्वाधारहरु भन्ने बिषयहरु बिभाग बाटै टुग्गो लागेपछि पुर्वाधार निर्माणका काम धमाधम हुने बताउनुभयो ।

सरकारले शिक्षा स्वास्थ्य खानेपानी विद्युत जस्ता पूर्वाधारहरुको निर्माण गर्ने र वस्ती विकास गर्ने लक्ष्यका साथ निर्माण गर्न लागको नयाँ सहर आयोजनाको विवाद समधानसँगै आयोजनाले तिव्र गतिका साथ काम अगाडी बढेको आठविस नगरपालिका दैलेखका नगर प्रमुख खड्गराज उपाध्यायले बताउनुभयो । उहाँले बिवाद नमिलेकै कारण रोकिएको निर्माणको काम सुरु भएसंगै आयोजना निर्माण हुने ठुलो आशा पलाएको बताउनुभयो ।

ल्याण्डपोलिङ विधिबाट नयाँ सहर बनाउने तयारी भएपछि कुल जग्गाको ३० प्रतिशत जग्गा सडक र अन्य पूर्वाधारमा मासिने र बचेको ७० प्रतिशत जग्गा नै जग्गा धनीलाई फिर्ता हुने सहमती अनुसार काम सुरु भएको नगर प्रमुख उपाध्यायले जानकारी दिनुभयो । उहाँले नयाँ सहर आयोजनाका लागि १ सय ३७ रोपनी जग्गा सरकारले उचित मुआब्जा दिएर काम अगाडी बढाउनका लागि नगरपालिकाको तर्फबाट समन्वय गरे पश्चात नयाँ सहर निर्माणको काम अगाडी बढेपछि त्यहाँका स्थानीय समेत खुसी भएको बताउनुभयो ।

ल्याण्डपोलिङमा कुरा मिलेपछि आयोजनाको डिपिआर निर्माण गर्ने कम्पनीहरुले काम सम्पन्न प्रतिबेदन आयोजनामा बुझाई सकेपछि आयोजनाले गत असारमै जग्गाको ब्लग प्लान्ट बनाएर मन्त्रालयमा स्वीकृतिका लागि फाईल गएको र सोही अनुसार काम अगाडी बढेको नयाँ सहर आयोजनाले जानकारी दिएको छ । नयाँ सहर आयोजना राकमकर्णालीका प्रमुख सुनिल रसाईलीका अनुसार यो आर्थिक बर्षमा १ सय ५ वठा सौर्य बत्ति जडान हुने र २ वटा खानेपानी योजनाको काम अगाडी बढेको जानकारी दिनुभयो । गत बर्षबाट आयोजनाले सडक र अन्य क्षेत्रमा करिव ६ टेन्डर निस्केर कामभएको उहाँको भनाई छ । जग्गा अधिग्रहण शहरी बिकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतको प्रतिबेदनका आधारमा जग्गा प्राप्ती ऐन बिपरित मुअब्वा बितरण गरेको भन्दै स्थानीयले लामो समय देखी बिरोध गरेपनि गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?