logo
२०८१ मंसिर ९ आईतवार

  २१ औं शताब्दीमा पत्याउनै नसक्ने घटना 



यसरी जाेगिन बलि दिन तयार पारिएकी नेपाली माेडल

पढ्नै पर्ने |


यसरी जाेगिन बलि दिन तयार पारिएकी नेपाली माेडल


केशवराज पौडेल

काठमाडौं,पुस १० गते । शरिरमा घाउँ चोट, शल्यक्रिया गरे नगरेको र महिनावारी भए नभएको अनावश्यक प्रश्नले बलिको अन्तिम तयारीमा रहेकी एक मोडलको ज्यान जोगिएको छ ।

‘महिनावारी’ भएको छ की छैन भनेर सोधेपछि गरिएको आशंका बोकेर युवतीका आफन्तहरू प्रहरीसम्म पुग्दा एक मोडलको ज्यान जोगिएको हो । काठमाडौंमा मोडलिङ गर्ने एक युवतीलाई सुरुमा काठमाडौंमा एउटा भिडियोमा मोडलिङ र त्यसपछि विराटनगरमा मोडलिङ गर्नुपर्ने प्रस्ताव आएको थियो ।

पौष ७ गते बुद्ध एयरबाट बिराटनगर लगिएकी मोडललाई बिराटनगरको कालिमन्दिरको धर्मशालाको कोठा नंम्बर २०५ र ६ बुक समेत गरिएको थियो । कोठा बुक गरेपछि योजनामा संम्लग्नहरुले युवतीको उचाइको नाप लिएका थिए । उचाइको नाप लिने क्रममा युवतीलाई महिनावारी भए/नभएको, शरीरमा घाउँचोट लागे नलागेको र शल्यक्रिया गरे नगरेको प्रश्न गरेपछि युवतीले शंका लागेर आफन्तहरुलाई खबर गरेकी थिइन् । विराटनगरबाट जोगवानीको नाकामा लुगा किन्न जाने भनेर सिमा (बोर्डर) कटाउने योजना नेपाल प्रहरीले असफल बनाएसँगै घटनामा संम्लग्नमध्ये प्रहरीले सात जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।

माशांहारी भए/नभएको र रजस्वलाको समेत प्रश्न राख्दै डकुमेन्ट्री बनाउने भनेपछि शंका लागेर प्रहरीसम्म पुगेकी थिइन । काठमाडौंकी मोडलिङमा सक्रिय युवतीलाई बलि दिने योजनामा फसाउने अन्तिम तयारी थियो । तर आफैलाई शंका लागेर वास्तविकता बोकेर प्रहरीसम्म युवती आफैं पुगेपछि योजनामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ ।

प्रहरीले नवलपरासी कावासोतीका कृष्ण तामाङ, सप्तरी राजविराजका उमेश साह, दाङ घोराहीकी दिलकुमारी बुढामगर, मोरङ विराटनगरका दिलिप पोदार, धादिङ झार्लाङका प्रेमा तामाङ र सुनसरीका रंजितकुमार चौधरीलाई सार्वजनिक गरेको हो ।

पैसाको लोभ देखाएर मोडलिङमा आबद्ध एक युवतीलाई निराहार बस्नुपर्ने,माशांहारी हुनु नहु्ने र रजस्वला भएको नहुने भएपछि बलिको आंशका गरिएको थियो । महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिहले बलि दिने योजनाले विराटनगर हुँदै तान्त्रिक पूजा गराउन भारतको बिहारसम्म पु¥याउने योजना अघि बढाएका थिए ।

बिहीबार प्रहरीले पत्रकार सम्मेलनमा घटनाको प्रारम्भिक अनुशन्धानमा देखिएको कुरा सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्तिहले आर्थिक रकम पाउने आशामा ६ फिट अग्ली युवतीलाई मोडलिङमा संम्लग्न गराउने भन्दै युवतीलाई प्रस्ताव आएको थियो ।

घटनाका मुख्य योजनाकार दीलिप पोदारलाई भारत विहारको मन्दिरको तान्त्रिक बाबाहरुले विभिन्न व्यक्तिहरुलाई मोटो रकम पैसा दिई सो कार्यमा संलग्न देखिएकाले प्रेममाया र कृष्णले ५ लाख पाउने आश्वासन पाएको र अरुले समेत राम्रो रकम पाएकाले बोर्डर पार गराउने तर्फ लागेको देखिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?