logo
२०८१ मंसिर ८ शनिवार



चितवनद्वारा बिराटनगर समक्ष २०३ रनको विशाल लक्ष्य प्रस्तुत

पढ्नै पर्ने |
खेलकुद |


चितवनद्वारा बिराटनगर समक्ष २०३ रनको विशाल लक्ष्य प्रस्तुत


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १२ गते । पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको फाइनलमा चितवन राइनोजले बिराटनगर टाइटन्स समक्ष २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । ४५ रनमा दुई विकेट गुमाएपनि उत्कृष्ट सुरुवात गरेको चितवनले बिराटनगर समक्ष उच्च योगफलको लक्ष्य प्रस्तुत गर्न सफल भयो । चितवनले पुरै २० ओभर खेलेर पाँच विकेटको क्षतिमा २०२ रनको योगफल तयार गरेको हो ।
टस हारेर ब्याटिङ्गको निम्तो पाएको चितवनलाई विशाल योगफलसम्म पुर्याउन मध्यक्रममा अनिलकुमार साह र रोहन मुस्तफाले उत्कृष्ट पारी खेल्नुभयो । दुबैजनाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्नुभयो । दुबैले मात्र ६३ बलको सामना गर्दै पाँच छक्का र चार चौका लगाउनुभयो । लिग चरणमा चल्न नसकेका विकेटकीपर साहले बिराटनगर विरुद्धको फाइनल खेलमा मात्र ३४ बलको सामना गरेर तीन चौका र तीन छक्का लगाउनुभयो । ओपनर मुस्तफाले अद्र्धशतक लगाउन ४३ बल खेल्नुभयो । कप्तान पारस खडकाले मात्र ११ बलको सामना गर्दै २५ रनको योगदान दिनुभयो । पुनित मेहराको १६ औं ओभरमा दुबैजना पेभेलियन फर्किदा चितवनले चार विकेटको क्षतिमा १४२ रन बनाएको थियो । मोहम्मद आरिफ शेषले ११ बलमा दुई छक्काको सहयोगमा १९ रन बनाउनुभयो । आरिफ शेष पेभेलियन फर्किदा चितवनको योगफल १९ औं ओभरमा १७० रन जोडेको थियो । सन्नी पटेलले आठ बलमा १६ रन बनाउँदा करण केसीले ८ बलको सामना गर्नुहुँदै दुई चौका र दुई छक्काको सहयोगमा २६ रन बनाएर अविजित रहनुभयो ।
बिराटनगरका साहब आलम र पुनित मेहरा अतिरिक्त जितेन्द्र मुखिया, किशोर महतो महँगो साबित भए । मोहम्मद जाएद आलमले चार ओभरमा ३६ रन बनाएर दुई विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?