logo
२०८१ मंसिर ९ आईतवार

  सामाजिक बेथिति 



पुसको चिसोमा महिनावारी हुँदा पाल मुनी बस्छन् महिला

पढ्नै पर्ने |


पुसको चिसोमा महिनावारी हुँदा पाल मुनी बस्छन् महिला


राजन रावत

सिमकोट पुस १६ गते । महिला महिनावारी हुँदा छाउ गोठमा मात्र होइन पुस महिनाको चिसोमा खुल्ला आकाशमा पाल टाँगेर त्यस मुनी बस्दै आएका छन् । सामाजिक मान्यता अनुसार घरभित्र बस्न नपाईने र छाउ गोठ पनि नभएपछि जिल्लाका धेरै महिला हिउँदको समयमा पनि खुल्ला आकाश मुनी आगो बालेर पाल टाँगेर बस्न बाध्य हुनु भएको हो ।

महिनावारी भएको बेला छाउ गोठ पनि नभए पछि घर नजिकैको बारीमा पाल टाँगेर पाँच रातसम्म बस्दै आएको सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ की रुपकला पाल (नाम परिवर्तन) ले बताउनु भयो । देउता लाग्ने, घरका परिवारका सदस्यहरुलाई नराम्रो हुने र स्वयम महिनावारी भएकी महिला घरमा बस्दा बिरामी हुने मान्यातका कारण यसरी खुल्ला आकाश मुनी पाल टाँगेर बस्नु परेको उहाँले बताउनुभयो । चिसो छ तर पनि पाल टाँगेर बस्नु परेको बाध्यता भएको उहाँले बताउनुभयो ।

सरकारले छाउ गोठ मुक्त गर्न देशका ७७ वटै जिल्लाहरुमा परिपत्र सर्कुलर गरेको अवस्थामा हुम्लाका अधिकांश महिला छाउ गोठ, पाल टाँगेर वार खुल्ला आकाश मुनी महिनावारी भएको बेला पाँच देखि सात दिन बस्दै आउनु पर्ने बाध्यता रहेको छ । यस्तैमा महिनावारी भएको बेला खुल्ला आकाश मुनी आँगनमा पाँच दिन बस्नु भएकी चंखेली गाउँपालिका वडा नम्वर २ का पत्तिमा शाहीले निक्कै पिडादायक अवस्थामा बस्नु परेको बताउनुभयो । बाहिरको माैसम माइनस तापक्रम भएकाले आगो र केही कपडाका भरमा रात विताउनु कष्टकर हुने कुनै जुनीमा पाप गरेको भान हुने उहाँले बताउनुभयो । यसरी बस्नु परेपछि महिलाहरुलाई महिनावारी हुने समय आए चिन्तित तुल्याउने गरेको छ ।

लामा समुदायकी महिला बाहेक अन्य सबै जातिका महिलाले यसरी नै हिउँदको समयमा बस्नु पर्ने हुन्छ । आफु मात्र होइन सँगै हुने काखे बालकलाई पनि महिलाहरुले सुताउनु पर्ने शाहीले बताउनुभयो । यसले गर्दा महिलाहरुमा चिसोबाट हुने रोग लाग्ने मात्र होइन अन्य रुपमा पनि असुरक्षित महशुस हुन पुगेको देखिन्छ । महिनावारी भएका महिला डराई-डराई बस्नु परि रहेको छ । पाल र शाही प्रतिनिधि महिला हुनुहुन्छ - यो पिडा हुम्लाका अधिकांश महिलाहरुले व्यहोर्दै आउनु परेको तितो सत्य सबैका सामु रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?