logo
२०८१ मंसिर ९ आईतवार



विद्यार्थी आकर्षणका लागि टिफिन, आमालाई निशुल्क कम्प्युटर शिक्षा

पढ्नै पर्ने |
समाज |


विद्यार्थी आकर्षणका लागि टिफिन, आमालाई  निशुल्क कम्प्युटर शिक्षा


जयकृष्ण यादव

इनरुवा, पुस १८ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ५ बलाहाको शारदा माविले विद्यार्थी आकर्षण गर्न टिफिन वितरण गर्ने भएको छ ।

इनरुवा नगरपालिका–५ बलाहास्थित शारदा माविका शिशुदेखी कक्षा ५ सम्मका विद्यार्थीलाई टिकाउन र आकर्षण गर्नका लागि निशुल्क रुपमा प्रत्येक विद्यार्थीलाई टिफिन निशुल्क वितरण गर्ने भएको हो ।

विद्यार्थीहरुलाई टिफिन र विद्यार्थीका आमाहरुलाई निशुल्क रुपमा कम्प्युटर शिक्षाको अवसर प्रदान गर्ने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलले जानकारी दिनुभयो ।

अध्यक्ष पोखरेलका अनुसार विद्यालयमा अध्ययनरत्त विद्यार्थीका आमाको भेला बोलाई शुक्रबार आमा समूह समेत गठन गरेर विद्यार्थीलाई टिकाउन र आकर्षण गर्नका लागि निशुल्क रुपमा प्रत्येक विधार्थीलाई टिफिन र आमाहरुलाई निशुल्क कम्प्यूटर शिक्षाको अवसर प्रदान गर्ने कार्यक्रम ल्याएको हो ।

उहाँले आमाको भेलामा दिएको जानकारी अनुसार शैक्षिक गुणस्तरका लागि निशुल्क टिफिन र आमालाई कम्प्युटर शिक्षाका लागि कक्षा कार्यक्रम ल्याएको छ ।

विद्यालयले अभिभावकलाई नियमित कक्षा अवलोकन गर्न÷गराउने, विधार्थी पढ्ने कक्षा कोठादेखि शिक्षकको व्यवहारसम्मको अनुगमन गर्न, विहान १० बजेदेखी ४ बजेसम्म कक्षा चलेको नचलेको हेर्नका लागि आह्वान समेत गरेको छ । विद्यालयभरीका आमा अभिभावकलाई भेला बोलाई प्रधानाध्यापक, शिक्षक, अभिभावक, विधार्थीको काम, कर्तव्य र अधिकारका बारेमा समेत जानकारी दिएको पोखरेलले बताउनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तरका लागि अभिभावक समेत महत्वपूर्ण भाग भएकाले त्यसलाई सकृय परिचालनको लागि आमा समूह गठन भएको प्रधानाध्यापक तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।
प्रअ भट्टराईका अनुसार विद्यालयमा अध्ययनरत्त रहेका गढी गाउँपालिका, रामधुनी नगरपालिका र इनरुवा नगरपालिकाका विभिन्न वडाहरु समेटिने गरि आमा समूह गठन गरिएको छ ।

विद्यालयमा शुक्रबार अभिभावकलाई कक्षाको समेत अवलोकन गराइएको थियो । भट्टराईले दिएको जानकारी अनुसार आमाका लागि “हरेक दिन ४५ मिनेटको कम्प्युटर कक्षा हुन्छ”, प्रधानाध्यापकले भन्नुभयो, कम्प्युटर शिक्षकले ‘वर्ड’, ‘एक्सल’, ‘पावर पोइण्ट’, ‘प्रोग्राम डिजाइन’लगायतका विषयमा पढाई हुन्छ ।

उता विद्यार्थीले रुचिपूर्वक कम्प्युटर विषय पढ्ने, सिक्ने क्रम भने जारी रहेको छ् । विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि ४० वटा कम्प्युटर रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?