केशवराज पौडेल
काठमाडौ, पुस २० गते । भारतको मुम्बइमा बसेर भारतीय तथा नाईजेरियन नागरिकसँग मिलेर नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ५ अर्ब भन्दा धेरै रकम ह्याकिङको योजनाका मुख्य योजनाकार मोरङको रंगेली नगरपालिका वडा नं २ का ४३ बर्षिया दीपक नेपाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
नाईजेरियन तथा भारतीय नागरिकसँग मिलेर लामो समयदेखि मुम्बइमा बसेर नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ५ अर्ब(५० मिलियन डलर) भन्दा धेरै रकम ह्याक गरि लैजाने योजना बनाएको थियो । पक्राउ परेका नेपालको समुहले कृषि विकास बैंकको ‘क्रेडेन्सियल ह्याकिङ’गरेर एक करोड रुपियाँ सहित फरार रहँदै आएका थिए । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा प्रहरीले यसअघि १८ जनालाई पक्राउ गरिसकेको छ भने पक्राउ परेका नेपाल १९ औं आरोपी हुन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले ५ अर्बको ह्याकिङमा संम्लग्न मध्येका दीपक नेपाललाई काठमाडौंको बसुन्धराबाट नियन्त्रणमा लिएको बताउनुभयो ।
भारतमा बसेर विदेशी नागरिक काले भनिने पिटरले नेपालका विभिन्न वित्तिय संस्थाहरुबाट ५ अर्बभन्दा धेरै रकम ह्याक गर्ने योजनामा पक्राउ परेका नेपालीहरुले सहयोग गरेका थिए । कृषि विकास बैंकमा ह्याक एक करोड बोेकेर फरार रहेका थिए ।