नेत्र शाही
जुम्ला, माघ २ गते । जुम्लामा फेरी हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिएदै पुनः हिमपात भएको हो ।
जुम्लामा विहानैदेखी हिमपात भएको छ । लगातारको हिमपातको जनजीवनले भने जनजीवन सकस हुदै गएको छ । एक्कासी विहानै देखी प्रभावित भएको हिमपातले भने मंसिर महिना देखी हिउँ,पानी र बादलले यहाँको दैनिक जनजीवनमा पारेको समस्याले हैरान बनाएको छ । यस पटक फेरी पनि उच्च तहमा हिपपात भएको छ । विहानै देखी परेको हिउँले फेरी डाडाँकाडा सवै सेताम्मे बनाएको हो ।
हिउँ र पानीले भने काममा समेत प्रभावित गरेको छ । हिमपातले जनजीवन प्रभावित हुनुका साथै सरकारी काममा समेत सेवाग्राही कम भएका छन् । हिमपातले आयोजना गरिएका केही कार्यक्रमहरु समेत प्रभावित भएका छन् । २२ औ भूकम्प सुरक्षा दिवसको जिल्ला स्तरमा बृहत रुपमा आयोजना गरिएको ¥याली कार्यक्रम हिमपातका कारण हलभित्र गर्नुपर्ने वाध्यता भएको छ । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायहरुले भूकम्प सुरक्षा र प्रतिरोध बिषयका विभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहित हलभित्र कार्यक्रम सम्पन्न गरिएको छ ।
चिसोले सरकारी कामकाज तथा यातायातमा समेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द भएको होे । हिमपातले लामो तथा छोटो दुरीका यातायात पनि चल्न कठिन भएको छ । लगातार लामो पानी र हिउँमा बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक पटक सूचना समेत जारी गर्दै आएको छ ।
चिसोले अस्पतालका विरामी समेत बढ्ने गरेका छन् । अस्पतालमा रुघाखोकीका बिरामीहरु बढ्ने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रनितष्ठान शिक्षण अस्पतालका डा. अर्जुन तिवारीले जानकारी दिनुभयो । यस वेला न्यानो कपडा लगाउने, झोलिलो खाने गर्न उहाँको सूझाव रहेको छ ।
जुम्लाको तापक्रम भने घट्दै गएको जल तथा मौसम विज्ञान कार्यालय जुम्लाले जनाएको छ । विहीवारको न्यूनतम तापक्रम ले भने ०.७ डिग्री रहेको छ । मौसम सफापछि भने तापक्रम बढ्ने अनुमान गरिएको छ । गत पुस १ गते जुम्लाको तापक्रम माईनस ७.२ डिग्री सेल्सेस भएको थियो ।