बाबुराम देवकोटा
सिन्धुलीमाढी, माघ ६ गते । केही दशकअघिसम्म सिन्धुली नेपालकै विकट जिल्लाको रुपमा हेरिन्थ्यो । राष्ट्रिय राजमार्गको पँहुच सिन्धुलीसँग थिएन । सुनकोशीको डुंगा तथा -याफटिङमा हालेर खाद्यान्न लानु पर्ने बाँध्यता थियो । खच्चड मार्फत सामाग्रीको ढुवानी गरिन्थ्यो । केही स्थानमा अझै पनि यातायातका साधनको रुपमा खच्चडको प्रयोग भएपनि सिन्धुलीमा बसाइसराइको दर निक्कै घटेको छ भने गाउँ नयाँ शहरको रुपमा विकास हु्न थालेको छ । सिन्धुलीमा यातायातकै अभावकै कारण सिन्धुलीबाट कृष्णप्रसाद कोइराला बिराटनगर बसाइ सर्नु भएको थियो भने उहाँको छोरा पूर्व प्रधानमन्त्री स्व. बिपी कोइरालाले पूर्वी तराईसम्म पुग्ने अहिलेको बिपी राजमार्गको कल्पना गर्दै निर्माण कार्यको सुरूवा गर्नुभएको थियो ।
बिपी राजमार्गले सिन्धुलीको विकासको ढोका खुलेसँगै बीपी राजमार्गले छोएको कमलामाई नगरपालिकासहित पछिल्लो समयमा गोलन्जोर र सुनकोसी गाँउपालिका, मदन भण्डारी राजमार्गले छोएको दुधौली नगरपालिका र मरिण गाँउपालिका तथा मध्य पहाडी लोकमार्गले छोएको गोलन्जोर र फिक्कल गाँउपालिकाको केन्द्र रहेको आसपासमा बढ्दो सहरीकरण रहेको स्थानीय बताउछन् । राजमार्ग मात्रै हैनन गाउँ गाउँमा स्थानीय सरकार गठन भएसँगै त्यहाँबाट सेवा सुविधा पाउने भएसँगै स्थानीयले बसाइसराइमा निक्कै कमी आएको छ ।
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय तहको कार्यालय खुलेसँगै बसाइँ सराई घट्दै गएको छ । त्यो सँगै बिपी राजमार्ग गाउँपालिकाको मध्यभाग भएर संचालनमा आएसँगै बसाइसराइ घटेको हो ।
सिंहदरबारको अधिकार गाँउमा पुगेसँगै बसाइँ सराई घट्न थालेको स्थानीय बासिन्दा बताउछन् । पहिले जिल्ला सदरमुकाम सिन्धुलीमाढी धाउदा पाईने सरकारी सेवा सुविधा अहिले गाँउमै रहेका स्थानीय तहबाट पाईन थालेपछि पुख्यौली गाँउ छाडेर हिड्ने व्यक्ति घट्दै गएका गोलान्जोर गाँउपालिका–५ निवासी शिक्षक लेखबहादुर बस्नेत बताउनुहुन्छ ।
स्थानीय तह खुलेसँगै गाँउ बदलिदै गएको र स्थानीय तहको केन्द्र बनेको ठाँउ सहरीकरणतिर उन्मुख बनेको उहाँको ठम्याई छ । उहाँले भन्नुभयो, ‘पहिले गाँउमा गाविस कार्यालय मात्रै हुन्थ्यो । त्यहाँबाट आवश्यक सबै सरकारी सेवा सुविधा पाईदैनथ्यो । सरकारी सेवा सुविधा लिन सदरमुकाम धाउनु पर्ने बाध्यता थियो । अहिले प्राय सबै सुविधा स्थानीय तहबाट पाईएको छ ।’
अहिले नागरिकता बनाउन र जग्गा किनबेच गर्न मात्रै सदरमुकाम सिन्धुलीमाढी धाउनु परेको स्थानीय बासिन्दा बताउछन् । उनीहरुका अनुसार सिंहदरबारको अधिकार गाउँमा पु¥याउन स्थापना भएका स्थानीय तहको कार्यालय रहेका आसपासका स्थानमै अहिले पक्कि संरचना बन्न सुरु गरेपछि गाँउको समेत स्वरुप नै बदलिदै गएको छ । पहिले सदरमुकाम धाउदा पशु कार्यालय, कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला विकास कार्यालय लगायतका सरकारी निकायबाट पाईने सरकारी सेवा सुविधा अहिले स्थानीय तहबाटै पाईन थालेको छ ।
स्थानीय तहको केन्द्र रहेको ठाँउमा सर्बसाधारण व्यक्ति समेत पक्कि घर बनाएर व्यापार व्यवसाय गरेर बस्न थालेका घ्याङलेख गाँउपालिका–२ बस्तिपुर निवासी मिनध्वज तमाङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘गाँउपालिकाको केन्द्र रहेको ठाँउमा चहलपहल समेत निकै बढेको छ । पहिले ठाँउ छाडेर हिडेकाहरु समेत फर्किन थालेका छन् ।’
त्यसो त साविकका दुई नगरपालिका र ४६ गाविसलाई मिलाएर दुई नगरपालिका सहित सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तह सिन्धुली जिल्लामा रहेको छ । स्थानीय तहका कार्यालय स्थापनासँगै चहलपहल तीब्र बढेपछि सो क्षेत्रका स्थानीयमा गाँउ छाडेर हिडेने क्रम रोकिदै गएको हो ।
अब दुधौली ठूलै सहर बन्न धेरै समय नलाग्ने स्थानीयको भनाई छ । दुधौलीका स्थानीय विश्वास शाहीले विकासको गतिसँगै दुधौली बदलिदै गएको अनुभव गर्नु भएको छ । दुधौली बजार क्षेत्रमा हाल पक्कि बाटोसहित स्थानीयको घरहरु समेत पक्कि संरचनाले बन्दै गएको शाहीले बताउनुभयो ।
‘दुधौली हुदै मदन भण्डारी लोकमार्ग निर्माण भएपछि व्यवसाय र बसोबासका लागि समेत दुधौली धेरैको रोजाईमा पर्न थालेको छ,’ उहाँले भन्नुभयो । त्योसँगै दुधौली नगरपालिकाको कार्यलयनै त्यस क्षेत्रमा रहेकाले सहर बन्दै उहाँले सुनाउनु भयो । दुधौलीको मुख्य बजार क्षेत्रमा एउटा सटरको भाडा पाँच देखि दश हजार रुपियाँसम्म पर्न थालेको स्थानीयको भनाइ छ ।
ठाउँ अनुसारको वस्ती विकास तथा पक्कि घरहरु धमाधम निर्माण हुँदा व्यवस्थित सहर बन्न थालेको गोलान्जोर गाँउपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय तहका कार्यालय र राजमार्गले छोएका स्थानमा धमाधम वस्ती विकास हुन थालेपछि ति क्षेत्रमा मानिसको आकर्षण समेत बढ्दै गएको छ ।
बीपी राजमार्गले छोएको कमलामाई नगरपालिकासहित पछिल्लो समयमा गोलन्जोर र सुनकोसी गाँउपालिका, मदन भण्डारी राजमार्गले छोएको दुधौली नगरपालिका र मरिण गाँउपालिका तथा मध्ये पहाडी लोकमार्गले छोएको गोलन्जोर र फिक्कल गाँउपालिकाको केन्द्र रहेको आसपासमा बढ्दो सहरीकरण रहेको स्थानीय बताउछन् ।
‘मरिण तीब्र गतीमा विकास भइरहेको क्षेत्र हो,’ मरिण गाउँपालिका प्रमुख पानीराज बम्जनले भन्नुभयो, ‘यस क्षेत्रमा विकासको गती तीब्र भएसँगै सहरीकरण समेत बढ्दै गएको छ । सहरीकरणसँगै बसाइँ हिड्ने व्यक्ति समेत प्रभावित भएका छन् ।’ सदरमुकाम सिन्धुलीमाढीको बजार बाहेक अन्य स्थानमा समेत ठूला सहर देखिदै गएको छ ।