logo
२०८१ मंसिर ८ शनिवार



सन्दीप लामिछानेको बलिङ्गलाई एबी डिभिलियर्सको सम्मान

पढ्नै पर्ने |
खेलकुद |


सन्दीप लामिछानेको बलिङ्गलाई एबी डिभिलियर्सको सम्मान


इश्वरचन्द्र झा
काठमाडौं, माघ ११ गते । विश्व क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान अब्राहम डिभिलियर्सले नेपाली बलर सन्दीप लामिछानेको बलिङ्गलाई सम्मान गर्नुभएको छ । अष्ट्रेलियामा जारी बिग बैश लिगमा मेलबर्न स्टार्सले ब्रिसबैन हिट विरुद्ध खेल्दा दुबैजनाको भेट भएको हो ।
उक्त खेलमा सन्दीपले उत्कृष्ट बलिङ्ग गरेपनि ब्रिसबैनलाई ठूलो लक्ष्य प्रस्तुत गर्नबाट रोक्न सक्नुभएन । सन्दीपले चार ओभरमा मात्र १६ रन खर्चेर एक विकेट लिनुभयो । उहाँले आफ्नो चार ओभरको स्पैलमा ब्रिसबैनका ब्याट्सम्यानलाई कुनै बाउण्ड्री लगाउन दिनुभएन ।
ब्रिसबैनले मेलबर्न समक्ष १८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । जसमा डिभिलियर्सले मात्र ३७ बलको सामना गर्दै ७१ रनको विष्फोटक पारी खेल्नुभयो । उहाँले आफ्नो पारीमा दुई चौका र छ छक्का लगाउनुभयो । पारीको अन्तिम बलमा दिलबर हुस्सैनको बलमा आउट हुनुअघि डिभिलियर्सले ब्रिसबैनलाई अपेक्षित योगफलसम्म पुर्याउनुभयो ।
मेलबर्नका लागि खेल्दै आउनुभएका सन्दीपले पहिलो पटक आफ्नो दोस्रो ओभरमा डिभिलियर्सको सामना गर्नुभयो । पहिलो ओभरमा मात्र तीन रन खर्चेका सन्दीपले दोस्रो ओभरदेखि चौथो ओभरसम्म डिभिलियर्स समक्ष आठ बल फ्याँक्ने अवसर पाउनुभयो । तर डिभिलियर्स मात्र सात रन जोड्न सक्नुभयो । ग्लैन म्याक्सवेलको एकै ओभरमा दुई चौका र तीन छक्कासहित ३१ रन बटुलेका डिभिलियर्सले सन्दीपको आठ बलमा मात्र सात रन जोडेर उहाँको बलिङ्गलाई सम्मान गर्नुभयो ।
सन्दीपले आफ्नो तेस्रो ओभरमा क्रिस लिनलाई ३४ रनको ब्यक्तिगत् योगफलमा एसक्वायर लेगमा क्याच थमाउँदै विकेट हात पार्न सफल हुनुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएका डिभिलियर्सले पछिल्ला दिनहरुमा विश्वकप टी ट्वान्टी २०२० खेल्ने इच्छा व्यक्त गर्नुभएको छ । जसका लागि उहाँ क्रिकेट मैदानमा ब्याटिङ्ग गर्न उत्रिनुभएको हो । अवसर भने ब्रिसबैन हिटले जुराइदिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?