logo
२०८१ मंसिर ८ शनिवार



वेष्टइन्डिजका अलराउण्डर स्मिथ इपीएल खेल्न नेपाल आउने

पढ्नै पर्ने |
खेलकुद |


वेष्टइन्डिजका अलराउण्डर स्मिथ इपीएल खेल्न नेपाल आउने


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ११ गते । वेष्टइन्डिजका अलराउण्डर ड्वायन स्मिथले एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने हुनुभएको छ । उहाँले शरद भेषवाकर कप्तान रहनुभएको भैरहवा ग्लैडिएटर्सको प्रतिनिधित्व गरी इपीएल खेल्नुहुनेछ ।
आफ्नो फेसबुक पेजमा उहाँले नेपालमा यसैवर्ष आयोजना हुने इपीएल खेल्न आउन लागेको जानकारी साझा गर्नुभएको हो । स्थिमले सामाजिक सञ्जालमा भैरहवा ग्लैडिएटर्सको प्रतिनिधित्व गर्ने बताउनुहुँदै ‘नेपाल भ्रमण २०२०’ हयास टयाग गर्नुभएको छ ।
३६ वर्षीय ड्वायन स्मिथ बारबाडोसको प्रतिनिधित्व गरी वेष्टइन्डिज क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी हुँदै आउनुभएको छ । बिगत्मा अलराउण्डर स्थिम इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्स र डेक्कन चार्जर हैदराबाद, गुजरात लायन्स, मुम्बई इन्डियन्स तथा अष्ट्रेलियाको घरेलु लिग न्यू साउथ वेल्सबाट टी ट्वान्टी स्पर्धामा सहभागी हुनुभएको छ ।
उहाँले १०५ अन्तर्राष्ट्रिय एकदिवसीय, ३३ टी ट्वान्टी र दश टेष्ट म्याचमा वेष्टइन्डिजको प्रतिनिधित्व गर्नुभएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीको ३२ पारीमा ५८२ रनसँगै सात विकेट लिनुभएको उहाँले ३३७ लिगमा ११० विकेट र सात हजार आठसय ७० रन बनाउनुभएको छ । एकदिवसिय खेलमा उहाँले आठ अद्र्धशतकसहित एकहजार ५६० रन बनाउनुभएको छ ।
एभरेष्ट प्रिमियर लिगको आगामी संस्करण चैत महिनामा हुँदैछ । जसमा दक्षिण अफ्रिकी ब्याट्सम्यान हासिम अमला समेत खेल्ने तय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?