सञ्जय कुमार मिश्र
गौर,माघ १३ गते । गाउँघरमा धान गहुँ लगायत दाल दलहन भण्डारण गर्नका लागि प्रयोग गरिने बाँसको भकारी लोप हुन थालेपछि दलितहरुको पुर्खौली पेशा संकटमा परेका छन् ।
डोम, मुसहर, हलखोर लगायत दलितहरुले युगौदेखि धान, गहुँ लगायत दाल दलहन अन्न भण्डारण गर्नका लागि प्रयोग हुने बासको भकारी बनाइ जीवनयापन गर्दै आएपनि आधुनिक युगमा फलाम तथा स्टील लगायत विभिन्न आकर्षक खालेका भकारी लगायत अन्य सामाग्री बजारमा आएपछि बासको भकारीको माग दिनानुदिन घट्दै गएपछि दलितहरुको पुर्खौली पेशा संकटमा परेको हो ।
पहिलेको समयमा अन्न भण्डारण गर्नका लागि सैयौ मन धान, गहुँ, मसुरी, मकै लगायतका अन्न सुरक्षित रुपमा राख्नका लागि जमिन्दारहरुको घरमा ठुला ठूला भकारी हुने गरेको तथा किसानको घरमा १५ देखि २५ मन अन्न भण्डार गर्नका लागि ससाना भकारी प्रयोग हुने गरेकोमा त्यस्ता भकारी बनाइ जीवनयापन गर्दै आएका दलितहरुको हाल केही वर्ष यता आधुनिक किसिमको बजारमा पाइने भकारी प्रति सर्वसाधारण जनताको आकर्षण बढदै गएपछि बाँसको भकारी बिक्री एकदमै न्यून भएपछि यस पेशामा संलग्न दलित अन्य पेशा तर्फ लागेको बताइएको छ ।
स्थानिय महेन्द्र डोमका अनुसार परापूर्व कालदेखि आफना पुर्खाहरुले बाँसको भकारी, सुप, डलिया लगायतका सामाग्री स्थानिय बजारमा बेचेर जीवन यापन गर्दै आएकोमा आफूले पनि सोही पेशामा लागे पनि आधूनिक युगको विस्तारैसंगै यसको अवस्था लोप हुदै गएपछि आफूले अन्य कामको खोजीमा रहेको बताउछन । उहाँले बाँसबाट निमर्मित भकारी बनाउन समय र खर्च बढी लाग्ने गरेको तथा विक्री गर्दा मुनाफा एकदमै कम पाउने गरेकाले घरपरिवार चलाउन धौ-धौ परेको समेत भन्नुभयो ।
अर्का विलास हलखोरले पहिला पहिला सर्वसाधारण जनताले धान, गहुँ र दल्हन उत्पादन हुना साथ भकारीमा भण्डारण गर्ने गरेकोमा यसको उपयोगिता बढी भएपनि अहिले आएर गाउँ देखि शहरसम्म फलामको भकारीको प्रयोग हुनेगरेपछि बाँसको भकारीको माग एकदमै घटेको बताउनुहुन्छ ।
उहाँले आजको युगमा गृहणीहरुले बाँसको भकारी घरमा अन्नको भण्डारण गर्नका लागि राख्दा घरको रौनक घट्ने तथा आफू कहाँ आउने आफन्त र पाहुनाले हाँसो उडाउने मान्यता बोकेका कारण यसको बिक्रीमा नकरात्मक असर परेको बताउनुहुन्छ ।