logo
२०८१ मंसिर ११ मंगलवार



वुहानबाट १७५ जना फर्कन इच्छुक, एक-दुई दिनमै फर्काइने

पढ्नै पर्ने |
राष्ट्रिय |


वुहानबाट १७५ जना फर्कन इच्छुक, एक-दुई दिनमै फर्काइने


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । चीनको वुहान प्रान्तबाट नेपाल फर्कन १७५ जनाले फारम भरेका छन् । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी एक÷ दुई दिनभित्रै नेपाल फर्काइने बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।
चीनमा कोराना भाइरसको प्रकोप फैलिएपछि दूताबासले शनिवार एक सूचना जारी गरी नेपाल फर्कन चहानेले आइतबार विहान ९.०० बजेसम्म फारम भर्न समय सीमा तेकेकोमा १७५जनाले फारम भरेको बेइजिङस्थित दूवाबासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
उहाँले बुहानमा श्रम स्वीकृति लिएर काम गरीरहेका दश जना अन्य विद्यार्थी गरी करीब २०० जना नेपाली रहेको अनुमान गरिएको बताउनुभयो । त्यस मध्ये केही चीनको नयाँ वर्षको विदा परेका कारण नेपाल नै गएको हुन सक्ने बताउनुभयो ।
“हामीले करीब १८८ जनाको सूची तयार गरेका थियौं । त्यसमा १७५ जनाले फारम भर्नुभएको छ । अब प्रक्रिया पूरा गरी उहाँहरूलाई फिर्ता गछौं ।” नियोग उपप्रमुख लम्सालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?