logo
२०८१ मंसिर ८ शनिवार



एकै ओभरमा दोस्रो सबैभन्दा बढी रन खर्चिने बलर बने भारतका शिवम दुबे

पढ्नै पर्ने |
खेलकुद |


एकै ओभरमा दोस्रो सबैभन्दा बढी रन खर्चिने बलर बने भारतका शिवम दुबे


एजेन्सी
काठमाडौं, माघ २० गते । भारतीय बलर शिवम दुबे न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी खेलमा एकै ओभरमा दोस्रो सबैभन्दा बढी रन खर्चिने बलर बन्नुभएको छ । पाँचौं तथा अन्तिम टी ट्वान्टी खेलमा उहाँले एक ओभरमै ३४ रन खर्चेर दोस्रो सबैभन्दा बढी रन खर्चिने बलरको कीर्तिमान बनाउनुभएको हो ।
न्युजिल्याण्डले हार बेहोरेको उक्त खेलमा क्रिजमा रोस टेलर र टिम सैर्फट ब्याटिङ्ग गरिरहँदा शिवम दुबेले खेलको दशौं ओभरमा बलिङ्ग गर्नुभयो । १९ रनको व्यक्तिगत् योगफलमा रहनुभएका सैर्फटले दुबेको पहिलो र दोस्रो बलमा लगातार दुई छक्का र तेस्रोमा चौका तथा चौथोमा एक रन लिएर व्यक्तिगत् योगफल ३६ रन पुर्याएर स्ट्राइक रोस टेलरलाई दिनुभयो ।
टेलरले चौका लगाउँदा अम्पायरले उक्त बललाई नो बल दिए । पाँचौं र छैठौं बलमा छक्का लगाएर टेलरले २५ रनबाट आफ्नो व्यक्तिगत् योगफल उक्त ओभरमै ४१ पुर्याउनुभयो । तेह्रौं ओभरमा नवदीप सैनीको बलमा सैर्फट पेभेलियन फर्किदा न्युजिल्याण्डको योगफल चार विकेटको क्षतिमा ११६ रन थियो । रोस टेलर आफ्नो एक सयौं अन्तर्राष्ट्रिय टी ट्वान्टीमा ५३ रन बनाएर सैनीकै बलिङ्गमा पेभेलियन फर्किदा न्युजिल्याण्डले १२ बलमा २४ रन ल्याउन जरुरी थियो । तर उसले सकेन ।
एकै ओभरमा सबैभन्दा रन खर्चिने बलर इंग्ल्याण्डका स्टुअर्ट ब्रोड हुनुहुन्छ । ब्रोडले एक ओभरमा अहिलेसम्मकै सबैभन्दा बढी ३६ रन खर्चिनुभएको छ । उहाँले बलिङ्ग गर्नुभएको ओभरको प्रत्येक बलमा भारतीय अलराउण्डर युवराज सिंहले छक्का लगाएर ३६ रन बनाउनुहुँदै ब्रोडको नाममा उक्त कीर्तिमान बनाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?