logo
२०८१ मंसिर १० सोमवार



कोरोनासँग जुध्न चीनमा १० दिनमै बन्यो हजार शैया अस्पताल (फोटोफिचर)

पढ्नै पर्ने |


कोरोनासँग जुध्न चीनमा १० दिनमै बन्यो हजार शैया अस्पताल (फोटोफिचर)
फोटो स्रोतः एजेन्सी


गोरखापत्र अनलाइन

काठमाडौं, माघ २० गते । चीनको वुहान शहरमा विश्वमै खतरनाक मानिएको कोरोना भाइरससँग लड्न चीनले दश दिनमै एक हजार शैयाको अस्पताल निर्माण गरेको छ । संक्रमणपछि वुहान सहर नजिकै केबल केही दिनमै एक हजार शैयाको इमरजेन्सी वार्डसहितको अस्पताल तयार गरेर सञ्चालनमा ल्याइएको हो ।

एजेन्सीका अनुसार यो अस्पताल तयार पार्नको लागि एक हजारभन्दा धेरै मजदुर एकै पटक काममा खटाइएको छ । अघिल्लो शुक्रबारसम्म पूरै खाली रहेको जग्गामा एकाएक अस्पतालमा परिणत गरिएको हो ।

सरकारले निर्देशन दिएलगत्तै मजदुरले पानी, बिजुली र इन्टरनेट एकै रातमा जोडेका थिए । बिरामीका लागि बेडदेखि उपचारमा चाहिने आइसोलेसन वार्ड पनि एक दिनमै तयार पारिएको थियो । वुहान सहरमा कोरोना भाइरसको आतंकसँग जुध्न चिनियाँ अधिकारीले चारओटा कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

निर्माण भएको अस्पताल वुहान सहर नजिकै हुवाङजु जिल्लामा यसलाई हुवाङगाङ केन्द्रीय अस्पतालको शाखाकारुपमा परिचय दिइएको छ ।

कोरोनाको संक्रमणपछि साफ फेर्न निकै गाह्रो हुने र निमोनियाको संकेत देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक देखिएको थियो । कोरोनाको संक्रमणको कारण अहिलेसम्म चीनमा ३६२ ले ज्यान गुमाइसकेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?