logo
२०८१ मंसिर ८ शनिवार



करण केसी चम्किदा ओमानको कमजोर सुरुवात

पढ्नै पर्ने |
खेलकुद |


करण केसी चम्किदा ओमानको कमजोर सुरुवात


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २२ गते । तिब्र गतिका बलर करण केसीले प्रारम्भिक दुई विकेट लिएपछि आईसीसी लिग डिभिजन दुईको पहिलो खेलमा ओमानले कमजोर सुरुवात गरेको छ । केसीले खावर अली र जतिन्दर सिंहको विकेट लिएर ओमानमाथि दबाब बनाउनुभएको छ । अविनाश बोहराले आफ्नो पाँचौ ओभरमा लियासको विकेट लिनुभयो । लियास १६ रन बनाएर पेभेलियन फर्किनुभएको छ । ओमानले १३ ओभरमा ३९ रन बनाएर तीन विकेट गुमाएको छ ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको ओमानले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहको रुपमा पहिलो विकेट गुमाउन पुग्यो । नेपालका करण केसीले उक्त सफलता दिलाउनुभयो । अविनाशले सुरुको चार ओभरमा कुनै सफलता पाउनुभएन । उहाँले दश रन खर्चिनुभयो । करण केसीले आफ्नो चौथो ओभरमा खावर अलीलाई विकेट पछाडि विनोद भण्डारीको हातबाट क्याच आउट गर्नुभयो । केसीले पाँच ओभरमा मात्र १५ रन खर्चेर दुई विकेट लिनुभयो । ओमानका लागि ओपनर दुबै ब्याट्सम्यान पेभेलियन फर्किदा क्रिजमा ओमानका लागि मोहम्मद नदिम र कप्तान जिशन मकशूद ब्याटिंग गरिरहेका छन् । कप्तान मकशूद नौ रनमा अविजित हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?