गोरखापत्र अनलाइन
काठमाडौं,माघ २४ गते । बिहीबार दिउँसो १ बजे बसेको बैठक अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ ।
कांग्रेसले आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बिहीबार बसेको बैठकमा अवरोध गरेको हो ।