logo
२०८१ मंसिर १० सोमवार

 सगरमाथा संवाद 



“अर्थतन्त्रलाई हरित अर्थतन्त्रले प्रतिस्थापन गर्न सक्ने प्रचुर सम्भावना बढेको छ ”

पढ्नै पर्ने |


“अर्थतन्त्रलाई हरित अर्थतन्त्रले प्रतिस्थापन गर्न सक्ने प्रचुर सम्भावना बढेको छ ”


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २६ गते । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सगरमाथा संवादको पूर्व तयारीका रुपमा आयोजित राष्ट्रिय संवाद सफल रहेको दाबी गर्नुभएको छ ।

आइतबार आयोजित सगरमाथा राष्ट्रिय संवादको समापन गर्दै मन्त्री बस्नेतले दिनभर भएको गहल बिश्लेषणले महत्वपूर्ण आधार तयार गरेको बताउनु भएको हो ।

“आउँदो चैतमा हुने सगरमाथा संवादमा लैजाने नेपालको प्रस्तावनाको खाका तयार पार्न विशेषज्ञ सहितको बहसले ठूलो भूमिका खेलेको छ,” उहाँले भन्नुभयो, “रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई हरित अर्थतन्त्रले प्रतिस्थापन गर्न सक्ने प्रचुर सम्भावना बढेको छ ।” त्यस्तै निलो अर्थतन्त्र अर्थात नदीजन्य अर्थतन्त्रको आधार पनि नेपालले सगरमाथा संवादकै माध्यमबाट तय गर्न सक्ने सम्भावना उहाँले औँल्याउनुभयो । भएका नदी र जलाधारको संरक्षण र व्यवस्थापनका लागि सहकार्यको खाँचो रहेको उहाँले बताउनुभयो ।

उहाँले सगरमाथा संवादको अवधारणा अनुसार जलवायु परिवर्तनको असर न्यूनीकरणसँगै गरिने अनुकुलनलाई बहुआयामिक ढंगले अगाडि बढाउनुपर्ने राष्ट्रिय संवादले देखाएको सुनाउनुभयो । जलवायु परिवर्तनमा न्यून भूमिका भएर पनि खेप्नु परेको पीडालाई कम गर्न बढी ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

समापनका कार्यक्रममा दिनभर भएको विश्लेषणबाट प्राप्त निष्कर्षको सार प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?