गोरखापत्र अनलाइन
काठमाडौ, माघ २७ गते । पोखराको सेती नदीको खोचमा अड्किएका एक युवालाई प्रहरीले उद्धार गरेको छ । नेपाल प्रहरीको गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको उद्दार समूहले सकुशल उद्दार गरेको हो ।
पोखरा महानगरपालिका वडा नम्वर ९ पार्वती टोल स्थित रहेको सेती नदीको खोचमा आफ्नो कुकुर अड्किएपछि उक्त कुकुरलाई बचाउन लाग्दा सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए ।
खोचमा खसेका गुरङलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरे पश्चात् तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समुह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा निजको उद्दारको लागि खटिएको थियो । प्रहरीले निज गुरुङलाई उक्त खोचमा अड्किएको देखेपछि खोचबाट सकुशल उद्दार गरिएको हो ।
उद्दार गरिएका गुरुङको अवस्था सामान्य रहेको छ ।