logo
२०८१ मंसिर १० सोमवार



पूर्वसचिव कार्कीको श्रीमतीको अवस्था गम्भीर, कामदार मृत भेटिए

पढ्नै पर्ने |


पूर्वसचिव कार्कीको श्रीमतीको अवस्था गम्भीर, कामदार मृत भेटिए


गोरखापत्र अनलाइन

काठमाडौं, माघ २७ गते । आफ्नै निवासमा रगतले लतपतिएको र अचेत अवस्थामा फेला पर्नुभएकी पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की सानेपास्थित  स्टार अस्पतालमा उचार भइ रहे पनि उहाँको अस्बस्था स्पष्ट हुन सकेन ।

अस्पताल स्रोतले उहाँलाइ आकस्मिक कक्षमा उपचार भइ रहेको र अहिले त्यहाँ कसैलाइ जान नदिइएको र उहाँको स्वास्थ्य अबस्थाबारे कुनै जानकारी  नगराइएको बतायो । उहाँलाइ आजै भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परे पछि उपचारका लागि अस्पताल लगिएको थियो ।

घाइते अवस्थामा भेटिनु भएको उहाँको टाउको कुर्सीले प्रहार गरेको र घाँटीमा समेत चोट देखिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक कोसिसबाबु जोशीले घटना भएको पुष्टि गर्नुभयो तर विस्तृत विवरण दिन मान्नु भएन । 

पूर्व सचिवको निवासबाट उहाँको घरको कामदार दाङ स्थायी घर भएका विजय चौधरीको शव फेला परेको छ । उनले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुशन्धानबाट खुलेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?