मुकुन्द गैरे
काठमाडौं फागुन ४ गते । नेपालमा मादक पदार्थ सेवन गर्नेको संख्या दिनप्रति दिन बढ्दो छ । त्यति मात्र होइन नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा रक्सी र चुरोटमा बढी खर्च गर्ने गरेको पाईन्छ ।
विदेशबाट आउने रेमिट्यान्सको धेरै पैसा विलासीका समान किनमेल र मादक प्रदार्थमा खर्च हुँदै आएको छ । मादक प्रदार्थ समाजमा अपराधिक गतिविधि बढ्नमा कारक तत्व रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
सरकारले मादक प्रदार्थ किनबेच मापदण्ड बनाएको छ । प्रहरीले मापसे गरेर सवारी साधन चलाउने चालकमाथि पनि कडा दण्ड जरिवानाको प्रावधान लागु गरेको छ । तर मादक पदार्थ सेवन गरेर सवारी चलाउने मानिसको संख्यामा खासै कमी आउन सकेको छैन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत नौ वर्षमा तीन लाख २५ हजार जनालाई मापसेमा कारवाही गरेकोे छ ।
महाशाखाले सो अवधिमा तीन लाख २३ हजार पुरुष र दुई हजार एक सय महिलालाई कारवाही गरेको हो । जस अन्तर्गत प्रहरीले २७ सय जनालाई मापसे कारवाहीमा मुद्दा चलाएकोे छ ।
२८ प्रतिशतले मापसे गर्छन्
महानगरीय प्रहरीले मापसे गर्ने माथि विशेष निगरानी राख्दै ठाउँ–ठाउँमा चेक जाँच गर्दै आएको छ । नेपालमा कुल जनसंख्याको २८ प्रतिशतले रक्सी सेवन गर्ने गरेको एक सर्वेक्षण देखाउँछ । करिव २५ प्रतिशत नेपालीले उच्च रुक्तचाप नियन्त्रण गर्ने औषधि खाईरहेको अध्ययन बताउँछ । उच्च रक्तचाप हुनेका लागि मादक प्रर्दाथ हानिकारक मानिन्छ ।
नेपालमा भारत, अमेरिका, मेक्सिको, इटाली, फ्रान्स, नेदरल्यान्ड, अष्ट्रेलियालगायत बिभिन्न देशबाट मदिरा आयात हुँदै आएको छ ।
यता नेपाल सरकारका पूर्वअर्थसचिव तथा मदिरा निषेधका अभियानकर्ता कृष्णहरि बाँस्कोटा देश विकासको प्रमुख वाधक मदिरा भएको बताउनुहुन्छ । नेपालको आर्थिक अवस्था राम्रो बनाउन पहिला बिदेशी मदिरामा आयातमा रोक्न लगाउन जरुरी रहको बाँस्कोटा बताउनुहुन्छ ।
मदिरामुक्त मुलुक घोषणा गर्दा हाल पसलेहरूसँग रहेको मदिरा खरिद बापतको रकम दिने ग्यारेन्टी गरेर प्रबन्ध गर्नुपर्छ । नेपालमा भष्ट्राचार,अपराध, महिला हिंसा बढनुको ९० प्रतिशत प्रमुख कारण मादक प्रदार्थको भएको उहाँ बताउनुहुन्छ । घुँस खानेको आधा भन्दा बढी रकम मदिरामै खर्च हुने गरेको बाँस्कोटा बताउनुहुन्छ । मदिरा मात्रै रोक्न सके ९० प्रतिशत भष्ट्राचार रोकिने उहाँको दावी छ ।
मदिराकै कारण कैयौँ असल चरित्र ध्वस्त भएका उदाहरण धेरै रहेको बाँस्कोटा बताउनुहुन्छ । देशलाई निकै ठूलो नोक्सानी पु¥याउनुका साथै आम सवारी दुर्घटनामा मदिरा सेवन नै उत्तरदायी देखिएको छ । मानिस घुसखोरी बन्न, बलत्कारी, गुण्डा र हत्यारा बन्न मदिराले नै उक्साएको बाँस्कोटा बताउनुहुन्छ । देशलाई समृद्घि पथमा लैजान ब्रतबन्ध वा विवाहको भोजमा हुने मदिरापानमा प्रतिबन्ध गर्नुपर्छ ।
कुलत दुव्यसनी रोक्ने अभियानमा लाग्नु भएका सामाजिक अभियान्ता विनय जंग बस्नेत नेपालका सडकमा रहेका बेबारिसे लास मध्ये ९० प्रतिशत मादक प्रदार्थ दुव्यसनीकै कारण भएको बताउनुहुन्छ ।
बस्नेत केही वर्ष देखि सडकमा दुव्र्यसनका लागेकालाई निःशुल्क उपचार र बेवारिसे लासको दास्संस्कार आफै गर्दै आउनुभएको छ । पछिल्लो समय चार्ड पर्व, जात्रा, संस्कृति परम्पराको साथै बिभिन्न बहानाको नाममा मादक प्रदार्थ सेवन गर्ने गरेको बस्नेत बताउनुहुन्छ । जसको सेवनले परिवार, समाज र देशकै लागी ठुलो क्षती गर्दै आएको उहाँको भनाई छ । समाजमा अपराधिक घट्ना बढनुमा प्रमुख कारण मादक प्रदार्थ नै रहेको बस्नेत बताउनुहुन्छ ।
२०७२ सालको भूईचालो पछि मानिसले डर भगाउनेको नाममा धेरै मानिसले रक्सी सेवन गर्ने गरेको र पछि भूईचालोको राहतको नाममा पैसा आए पछि लतको रुपमा खानेको संख्या अत्याधिक रहेको सामाजिक अभियान्ता बस्नेत बताउनुहुन्छ ।
पछिल्लो समय पुरुषसँगै महिलाले रक्सी कुलतमा फस्नेको संख्या डरलाग्दो रहेको उहाँ बताउनुहुन्छ । समाजमा बढ्दो दुव्यसनी रोक्न मदिरा सेवन गर्नेलाई गाली, गलांैच गरेर होईन फकाएर मोटिभेसन, जनचेतना सँगै उपचार गराएर छोडाउन सकिने उहाँको अनुभव छ ।
राजनीतिक दल र समाजमा रहेका संभ्रान्त परिवारका मानिसले आफनो स्वार्थ पूरा गर्न तल्लो स्तरको मानिसलाई रक्सी सेवन गराएर काम गराउने संख्या पनि धेरै रहेको उहाँको भनाई छ ।
समाजमा काम नपाएर वेरोजगार होईन जाँड, रक्सी खाएकै कारण मानिस काम नपाउने विश्वास, गुमाउने जस्ता गतिविधि बढ्दै गएको उहाँको अुनभव छ ।
रक्सी किन बेचमा कडाई गरेर भन्दा पनि मानिसको चेतनामा परिवर्तन गर्ने खालका कार्यक्रम गरे स्वत आफै कम हुने उहाँको दावी छ ।