logo
२०८१ मंसिर ८ शनिवार



अन्तर्राष्ट्रिय एकदिवसीयको विश्व वरियतामा नेपालमाथि उक्लियो

पढ्नै पर्ने |
खेलकुद |


अन्तर्राष्ट्रिय एकदिवसीयको विश्व वरियतामा नेपालमाथि उक्लियो


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ५ गते । घरेलु मैदानमा त्रिदेशीय श्रृखंलामा सन्तोषजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय एकदिवसीयको विश्व वरियतामा सुधार गरेको छ । आईसीसीले जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थानमाथि उक्लेको छ ।
आईसीसीले आइतबार जारी गरेको नयाँ वरियता बमोजिम नेपाल १७ औं स्थानबाट १६ औं स्थानमा उक्लेको छ । यसअघि नेपालभन्दा दुई स्थानमाथि रहेको अमेरिका नयाँ वरियतामा नेपालभन्दा तीन स्थान तल झरेको छ । नेपालले त्रिदेशीय श्रृखंलामा ओमान विरुद्धको दुबै खेलमा हार बेहोरेको थियो । अमेरिका विरुद्धको दुबै खेलमा भने जित हात पारेको थियो । ओमान भने दुई स्थानमाथि उक्लेको छ । यसअघि १६ औं स्थानमा रहेको ओमान नयाँ वरियता बमोजिम १४ औं स्थानमा उक्लेको छ । टेष्ट मान्यता पाएका १२ राष्ट्र अतिरिक्त एकदिवसीय मान्यता पाएको नेदरल्याण्ड्स, ओमान, स्कटल्याण्ड नयाँ वरियतामा नेपालभन्दामाथि रहेको छ । नामीबिया १७ औं र यूएई १८ औं स्थानमा रहेको छ । दुबै राष्ट्रले अमेरिकालाई धकेल्दै एक एक स्थान माथि उक्लिन सफल भएको हो ।
आईसीसीको नयाँ वरियतामा शिर्ष १३ राष्ट्रको वरियतामा भने कुनै फेरबदल भएको छैन् । अन्तर्राष्ट्रिय एकदिवसीयको विश्व च्याम्पियन इंग्ल्याण्ड शिर्ष स्थानमा यथावत छन् भने दोस्रो स्थानमा भारत र तेस्रोमा न्युजिल्याण्ड यथावत छन् । दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तान भने चौथौं, पाँचौं र छैठौं स्थानमा छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?