मधुसुधन तिमल्सिना
काभ्रे, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक परिर्वतनको तीव्र गतिमा अगाडि बढि रहेकाले मानिस परिर्वतनबाट अत्तालित थालेको बताउनुभएको छ ।
धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवस तथा स्वर्गीय मदन भण्डारीको शालिक अनावरण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा भइरहेको परिर्वतन देखेर केही मानिस अत्तालिन थालेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ८८ प्रतिशत घरमा केन्द्रीय बिद्युत लाइन पुगेको जानकारी दिनुहुँदै दुई बर्षमा बाँकी १२ प्रतिशत जनताको घरमा विद्युत पु-याउने गरी काम गरिरहेको छ भन्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजना ल्याएर काठमाडौंको खानेपानी अभाव न्यून गर्न सरकार लागि परेको बताउनुहुँदै खानेपानीको काम भइरहेको छ, भन्नुभयो ।
उहाँले ७७ वटै जिल्लामा फोरजी सेवा पु¥याउन सरकार लागि परेको छ भन्नुहुँदै आधुनिक सूचना प्रविधिको प्रयोग गरेर मुलुकलाई डिजिटल नेपाल बनाउने नीति सरकारले लिएको र त्यो कार्यान्वयन गर्दै गइरहेका छौँ भन्नुभयो । हाम्रो देश विकासको सिढी चढी रहेको छ, हरेक दिन युगान्तकारी विकासका काम सरकारले अगाडि बढाएको छ, प्रधानमन्त्रीले थप्नुभयो, एउटा नयाँ युगको प्रारम्भ गरेका छौँ ।
कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेसँगै सिङ्गो देशको परिर्वतनको दिशामा अगाडि बढ्नुभएको प्रधानमन्त्रीका अगाडि कुनै माग राख्न जरुरी नरहेको बताउनुभयो । उहाँले हामी सबै विकासमा अगाडि बढ्ने बताउँदै विकस, प्रगती, न्याय र समानताका साथ सरकार अगाडि बढ्ने छ भन्नुभयो ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले धुलिखेल नगरपालिकाले सबै क्षेत्रलाई समेटेर विकास अगाडि बढाएकोमा खुशी लागेको भन्दै प्रशंसा गर्नुभयो । धुलिखेल नगरपालिका नगरप्रमुख अशोककुमार व्याञ्जू धुलिखेल नगरपालिकालाई २० बर्ष भित्रमा नेपाल कै नमुना नगर बनाउने गरी काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले धुलिखेल नगरपालिका र बाग्मती प्रदेशको संयूक्त लगानीमा निर्माण भएको स्वर्गीय मदन भण्डारी स्मृती पार्कको उद्घाटन गर्नुभएको थियो ।