logo
२०८१ मंसिर १० सोमवार



गोरखापत्रले अझै धेरै सुधार गर्न बाँकी छ :  मन्त्री बाँस्कोटा

पढ्नै पर्ने |


गोरखापत्रले अझै धेरै सुधार गर्न बाँकी छ :  मन्त्री बाँस्कोटा
तस्विरः सागर बस्नेत


गोरखापत्र अनलाइन

कोहलपुर, फागुन ७ गते । गोरखापत्रको कोहलपुर संस्करणको बुधबार एक औपचारिक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुभारम्भ गर्नुभयो । प्रजातन्त्र दिवसको अवसर पारेर सुदूर पश्चिम, कर्णाली र प्रदेश ५ लाई लक्षित गरी सो कोहलपुरबाट गोरखापत्र दैनिक र दि राइजिङ नेपालको प्रकाशन शुरु गरिएको हो ।

कार्यक्रमका शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिले गोरखापत्र सरकारी अखबार नभएको र जनता र राज्यको अखबार भएको भन्दै यो जनताको अखबार बनेर प्रतिश्पर्धामा अगाडि जाने बताउनुभयो । गोरखापत्र संस्थानमा हालै भएका सुधारको प्रशंसा गर्दै उहाँले भन्नुभयो “गोरखापत्रको नयाँ नेतृत्व प्रति म गर्व गर्छु । एक वर्षमा धेरै परिवर्तन आएको छ ।

गोरखपत्रमा कार्यरत हरेक कर्मचारी र पत्रकारको क्षमता हरेक दिन बिहान अखबारमा देख्ने छन् ,गोरखापत्रमा अहिले केही सुधार भएको छ अझ धेरै सुधार गर्न बाँकी छ ।” कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रेस जगतकाका दुईवटा आँखा हुनु पर्ने भन्दै एउटा आँखो बन्द गरे एउटा आँखोले नराम्रा कुरा मात्र देख्ने प्रवृत्ति बन्द गर्नु पर्ने र दुबै आँखा खुला गरेर सरकारका राम्रा नराम्रा कुरा प्रेस जगतले बाहिर ल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश ५ को भूमि व्यबस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले गोरखापत्रले प्रदेश ५ बाट पनि प्रकाशन शुरु गर्नु भएकाले प्रदेश सरकारका तर्फबाट आभार व्यक्त गर्नुभयो ।  उहाँले कोहलपुर तीनवटा प्रदेशको ‘गेटवे’ र २४ जिल्लाको सम्पर्क स्थान हो यहाँबाट गोरखापत्र प्रकाशन हुन सुखद भएको बताउनुभयो ।

कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कुष्णमुरारि भण्डारीले गोरखापत्र प्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै भन्नुभयो, “गोरखापत्र ११९ वर्षपछि यो क्षेत्रमा सशरीर आएको छ । आज यसको औपचारिक शुभारम्भ भएको छ , आज यहाँ जुन अपेक्षा व्यक्त भए त्यसबाट गोरखापत्र व्यबस्थापन र कर्मचारी माथि गम्भीर जिम्मेवारी थपिएको छ ।” उहाँले अगाडि भन्नुभयो, “धेरैले सरकारले चलाएको हो भन्ने छ यो अर्ध सरकारी निकाय हो यो स्वायत्त छ । केही कुरामा सरकारले सहयोग गरेका छ । कार्यक्रममा गोरखापत्रका निमित्त प्रधान सम्पादक श्रीओम श्रेष्ठले विराटनगर संस्करण प्रारम्भ भएको छ महिना पछि हामी कोहलपुर आइपुगेका छौं भन्दै गोरखापत्रलाई अक्षर नै नचिनेकाहरूका लागि पनि अखबारको पर्याय भएको बताउनुभयो ।

संघीय सांसद नन्दलाल रोकाय लगायतले गोरखापत्र कोहलपुरबाट प्रकाशन हुन लगेकोमा शुभकामना व्यक्त गर्नु भएको थियो । कोहलपुर नगरपालिका प्रमुख एलबी राउतले गोरखापत्र कोहलपुरबाट प्रकाशन हुन लगेकोमा खुशी व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?