logo
२०८१ मंसिर १० सोमवार



मल्चिङ प्रविधिमा किसानको आकर्षण (फोटो फिचर)

पढ्नै पर्ने |


मल्चिङ प्रविधिमा किसानको आकर्षण (फोटो फिचर)
फोटो फिचर/ तस्विरः केशव पौडेल


केशवराज पौडेल

काठमाडौँ, फागुन ११ गते । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–११ किसानहरुले मल्चिङ प्रविधीको प्रयोग सुरु गरेका छन् । गाउँमा कामदार अभाव हुन थालेपछि गोडमेलमा खर्च नहुने, कम सिंचाइ हुने भएपछि त्यो प्रविधिमा किसान आकर्षित भएका हुन् ।

मण्डनदेउपुरमै पहिलो पटक अगुवा कृषक काशीनाथ न्यौपालेले यो प्रविधीको प्रयोग गर्नु भएको हो । उहाँले दुई बर्ष अघि मकवानपुर र धादिङ जिल्लामा पुगेर मल्चिङको प्रयोग गरेको पाएपछि यो विधीको सुरुवात गरेका थिए ।

२० रोपनी जग्गामा नियमित रुपमा तरकारी खेती गर्ने न्यौपानेजस्ता किसानले राज्यबाट पाउने अनुदान भने पाउन नसेकेको गुनासो छ ।

फोटो फिचर/ तस्विरः केशवराज पौडेल

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?